शुक्रबार स्याङ्जाका २२ जना सुरक्षाककर्मीले कोरोना जितेका छन् । जिल्ला प्रहरी कार्यालयका २२ जना सक्रमितहरु कोरोनामुक्त भएका हुन् । कालिका अस्पताल हेलूमा रहेका सक्रमितमध्ये २२ जना सुरक्षाकर्मी शुक्रबार संक्रमणमुक्त भएका हुन् । यसअघि जिल्ला प्रहरी कार्यालयका प्रमुख सहित ३ जना सुरक्षाकर्मीले कोरोना जितेका थिए । यो सँंगै २५ जना सुरक्षाकर्मीले कोरोना जितेका छन् । त्यस्तै कालिका सामुदायिक अस्पतालमै बसेका ६ जना समेत कोरोना मुक्त भएका छन् । शुक्रबार कालिका अस्पतालमा रहेका २२ जना सुरक्षाकर्मी र ६ जना अन्य गरी २८ जनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रिले बताउनुभयो ।
कालिका अस्पतालबाट ४२ जनाको स्वाब पठाईएकोमा शुक्रबार २८ जनाको रिपोर्ट नेगेटिभ आएको हो । ती मध्ये २२ जना सुरक्षाकर्मी रहेको प्रजिअ क्षत्रिले बताउनुभयो । यो संँगै जिल्लामा कोरोना जित्नेको संख्या २२९जना पुगेको छ । जिल्लामा कूल सक्रीय संक्रमितको संख्या ५४ जना रहेका छन् । जिल्लामा अहिलेसम्म कोरोना सक्रमितको संख्या २ सय ८३ रहेको छ । शुक्रबार गल्याङका एक युवा थपिएसंँगै सक्रमितको संख्या २ सय ८३ पुगेको हो ।
Discussion about this post