कालीगण्डकी गाउँपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनको दोस्रो अधिवेशन एवं शिक्षक सम्मान कार्यक्रम सम्पन्न

50
SHARES
415
VIEWS

वैशाख -५। स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठन कालीगण्डकी गाउँपालिका कमिटीको दोस्रो अधिवेशन एवं शिक्षक सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ । पालिकाको बहुउद्देश्यीय भवनमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष पर्थ थापा मगरको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा मगर , बिशिष्ट अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य यम बहादुर कुँवर , अन्य अतिथिहरु शिक्षक संगठन जिल्ला सचिब हिरा बहादुर गाहा मगर , पालिकाकी उपाध्यक्ष साबित्रा कोइराला , नेकपा एमाले कालीगण्डकी गाउँपालिका अध्यक्ष कृष्ण लामिछाने र प्रदेश सदस्य भिम श्रेष्ठ रहनु भएको थियो।

कार्यक्रममा निवर्तमान अध्यक्ष पर्थ थापा मगरद्वारा सङ्गठनिक प्रतिबेदन, कोषाध्यक्ष टीकाराम दर्लामीद्वारा आर्थिक प्रतिबेदन तथा कार्यक्रममा निवर्तमान उपाध्यक्ष प्रतीक्षा अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम बहादुर थापा मगर ,नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य यम बहादुर कुँवर , कृष्ण लामिछाने मगर , हिरा बहादुर गाहा मगर र शिक्षक महा संघका उपाध्यक्ष राजेन्द्र देब खनाल लगायतले मन्तव्य राख्नुभएको थियो।

कालीगण्डकी गाउँपालिकाका विभिन्न बिद्यालयमा कार्यरत शिक्षकहरुको सहभागीतामा सम्पन्न भएको कार्यक्रमले नयाँ कार्य समतिको समेत चयन गरेको छ।

नव निर्वाचित कालीगण्डकी गाउँपालिका नेपाल शिक्षक संगठन कमिटीको अध्यक्षमा कमल प्रसाद न्यौपाने , उपाध्यक्षमा दर्शन राना र सुमित्रा खड्का , सचिबमा हुम कला बिक , सह सचिबमा देवका न्यौपाने र सह कोषाध्यक्षमा टीका दर्लामी रहेका छन् ।

यस्तै गरि अन्य सदस्यहरुमा यज्ञ प्रसाद न्यौपाने , सरला थापा , चिन्तामणि अधिकारी , पशुपति पाण्डे , प्रन बहादुर थापा , राम प्रसाद न्यौपाने ,हरि प्रसाद भट्टराई ,ओम बहादुर सोमै , पूर्व शिक्षक देवेन्द्र थापा र निर्माला थापा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार