वैशाख -७। चैते दशैको अवसरमा कुल पुजा गर्नका लागि पुर्व युवाराज धिराज पारस बिरविक्रम शाह स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित आलम देवी मन्दिरमा पुग्नु भएको छ। धार्मिक दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण शक्ति पिठ र शाह वंशी राजा हरुको कुल देवीको रूपमा परिचित आलमदेवी मन्दिरमा चैतेदशैमा विशेष श्रद्धालु भक्तजनहरुको भिडभाड हुने गर्दछ।
कुल पुजाको लागि पूर्व युवराज पारस शाह हिजो नै आलमदेवी मन्दिरमा आइपुग्नु भएको आलम देवी मन्दिर पुजा व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह रानाले जानकारी दिनु भयो।
शाही परिवारका अन्य सदस्यहरु दिउँसो सम्ममा कुल पुजाका लागि उपस्थित हुने कार्यक्रम रहेको समेत मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रानाले जानकारी दिनुभयो
देशभर कोरोनाको दोस्रो लहर सुरु भएकोले मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुलाई अनिवार्य मास्क र सामाजिक दुरि कायम गरि पुजा गर्न व्यवस्था मिलाइएको आलम देवी मन्दिर पुजा व्यवस्थापनका सचिब पर्थ थापाले जानकारी दिनु भयो। कोरोना संक्रमणका बिच पुजा तथा दर्शन गर्न कुनै रोकतोक नगरिएको समेत सचिब थापाले जानकारी दिनुभयो ।
Discussion about this post