पाल्पाको रामपुरमा सूर्यमुखी र तील खेती सुरु

32
SHARES
146
VIEWS


पाल्पाको रामपुरमा सूर्यमुखी र तीलखेति सुरु गरिएको छ । रामपुर आधारभुत विद्यालयले कृषिलाई जोड दिदै सूर्यमुखी र तील खेती सुरु गरेको हो । विद्यालय नजिकै रहेको करिव छ रोपनी क्षेत्रफलमा सूर्यमुखी पूल र तील खेती लगाइएको हो ।
पठनपाठन बन्द भएपछि करिव तीन रोपनी खेलमैदानमा तील लगाइएको छ भने विद्यालय नजिकै रहेको राधा दामोदर मन्दिरको तीन रोपनी जग्गामा सूर्यमुखी पूलखेती सुरु गरिएको हो । खाली जग्गा सदुपयोग गर्दै आयस्रोत बढाउन विद्यालयले नयाँ कार्यका रुपमा सूर्यमुखी फूल र तील खेतीको सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद गौतमले बताउनुभयो ।
विद्यालयले नयाँ अभ्यासका रुपमा थालनी गरेको सूर्यमुखी फूल र तील खेतीले चर्चा पाएसंँगै अहिले अवलोकन गर्न जानेको चहलपहल बढेको छ । आगामी दिनमा विभिन्न कृषि बाली लगाएर आयस्रोत बढाउने योजना बनाएको विद्यालयले जनाएको छ । रामपुर नगरपालिका क्षेत्रमा व्यवसायिक रुपमा सूर्यमुखी फूल र तील खेतीमा कृषक नलागेपनि शौख र घरको सौन्दर्य बढाउन घर वरिपरी आँगनका डिल बारीमा लगाउन थालिएको कृषि शाखा प्रमुख रामहरी पाण्डेय बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार