वालिङमा मास्क वितरण

157
SHARES
107
VIEWS

सँगम अधिकारी
कोरोना भाइरस कोभिड १९ को महामारीबाट सुरक्षित रहन सरकारले १ सय २० दिनको लकडाउन हटाएसँगै नेपाल सँक्रमितको सँख्यामा वृद्धि भैरहेको छ । यसबाट सुरक्षित रहन लकडाउन हटाएपछि सरकारले निषेधाज्ञा लगायतका विभिन्न सुरक्षाका कार्यक्रमहरु अगाडि बढाइरहेका बेला विभिन्न संघ संस्थाहरुले पनि सचेनात्मक कार्यक्रमहरु सञ्चालन गर्न थालेका छन् ।
यसैक्रममा स्याङ्जाको वालिङमा आइतबार सचेतनात्मक कार्यक्रम गरिएको छ । कोेभिड १९ को प्रभाव बढिरहेका बेला यसबाट बच्नको लागि स्याङ्जाको वालिङमा सचेतना कार्यक्रम गरिएको हो ।
लायन्स क्लव अफ वालिङ, लियो क्लव अफ वालिङ र लायन्स क्लव अफ ग्रिन होम वालिङले संयुक्त रुपमा सचेतना कार्यक्रम गरेका हुन् ।
बजार क्षेत्रमा मास्क नलगाई हिड्ने पैदल यात्रुहरु र राजमार्गमा बिना मास्क सवारी चालकलाई मास्क वितरण गरिएको थियो । ट्राफिक प्रहरी, सञ्चारकर्मी लगायतको सहभागितामा मास्क वितरण गरिएको हो ।
लायन्स क्लव नेपालमा स्थापना भएको ५० औँ वर्षको अवसरमा कार्यक्रम गरी कोभिड १९को प्रभावबाट बच्न सचेतना कार्यक्रम गरिएको लायन्स क्लव अफ वालिङ सिटीका अध्यक्ष कविता भुषालले बताउनुभयो ।
अध्यक्ष भूसालले लायन्सले सामाजिक रुपान्तरणको लागि विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । यो वर्ष कोरोना महामारीको चपेटामा विश्व लगायत नेपाल पनि परेकोले नागरिकलाई चेतनाकै माध्यमबाट यसबाट बच्न सकिने भएकोले मास्क वितरण तथा माइकिङ लगायत सचेतनात्मक कार्यक्रम गरेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार