कृष्ण अन्जान,बैशाख-११ गुल्मी।
लुम्बिनी प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री आरती पौडेलले प्रसिद्ध रुरुधामकाे अवलाेकन गर्नु भएकाे छ ।
पछिल्लो पटक मन्त्री पदमा नियुक्त भएपछि रुरुधाम आइ पुग्नु भएकी मन्त्री पौडेलले पवित्र ऋषिकेश मन्दिर परिसरमा पुगि ऋषिकेश भगवान र गायत्रिकाे पुजा अर्चना गर्नु भएकाे थियाे ।
ऋषिकेश मन्दिर परिसरमा मन्दिर व्यवस्थापन समितिले आयाेजना गरेकाे स्वागत कार्यक्रममा मन्त्री पौडेल सरिक हुनु भएकाे थियाे ।
स्वागत कार्यक्रममा आफ्ना धारणा राख्दै प्रदेश सभा संसद कमल राज श्रेष्ठले रिडीधाममा अन्य संरचनाहरु बन्दै गर्दा शव दाह गृह र रुरु जलाशयकाे डिपिआर गरिनु पर्ने बताउनु भयाे ।
ऋषिकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भट्टराइले मन्दिरकाे भेटि व्यवस्थापन लगाएतका कार्यहरु सँगै समग्र रुरुधामकाे सुधारमा समिति लागि परेकाे बताउनु भयाे ।
पत्रकार कृष्ण अन्जानले मन्त्री समक्ष आफ्ना ११ बुँदे मागहरु बारे जानकारी गराउँदै ऋषिकेश मन्दिर व्यवस्थापन समितिले आफ्ना मागहरुबारे सकारात्मक रहेकाे बताएकाले अमरण अनसन स्थगित गरेकाे मन्त्री पौडेललाइ जानकारी गराउनु भएकाे थियाे ।
उद्योग ग वन तथा वातावरण मन्त्री पौडेलले रिडीमा निर्माणाधीन तिनमुखे पुल तथा रुरुबाँधकाे निरिक्षण समेत गर्नु भएकाे थियाे । तिनमुखे पुलकाे ९० प्रतिशत काम सकिनै लाग्दा पुलका लुठा हरु नअाइ पुग्दा काम सकिन समय लागेकाे सराेकार वालाले मन्त्री समक्ष गुनासे गरेका थिए ।
मन्त्री पौडेलले रुरुक्षेत्रकाे विकासमा अाफ्नाे तर्फ बाट सहयाेग गर्न सधै तत्पर रहेकाे बताउनु भयाे ।
रुरुधाममा निर्माणाधिन रुरुबाँधका सन्बन्धमा वरिष्ठ जलाधार अधिकृत अानन्द घिमिरेले बाँधकाे कार्य प्रगति बारे अवगत गराउनु भएकाे थियाे ।
घिमिरेका अनुसार कालिगण्डकी नदि तथा रिडीखाेला नियन्त्रण अायाेजना अन्तरगत हाल सम्म १५ प्रतिशत काम पूरा भएकाे जानकारी गराउनु भएकाे थियाे ।यहि अनुपातमा काम भए निर्धारित मितिमा काम सकिनेमा अाशावादी भएकाे घिमिरेले बताउनु भयाे ।
परियाेजना अन्तरगत रिडी खाेला तथा कालिगण्डकी नदिमा २ हजार ८ सय २० मिटर लामाे सात मिटर अग्लाे अार सिसि टेवा पर्खाल निर्माण हुनुका साथै ऋषिकेश मन्दिर तर्फ काली गण्डकी र रिडी खाेलामा २ सय ८८ मिटर प्याराफिट सिँढी निर्माण गरिने छ ।यसै गरि टेवा पर्खाल निर्माण पछि ६ हजार ४ सय ३० घन मीटर माटाे भरिने छ भने ६ हजार ६ सय ६६ थान ग्याभिन बकस भरि लन्चिगँ एप्राेन बनाइने छ ।
याे कामका लागि याे वर्ष १५ कराेड ५४ लाख र अागामी वर्ष २२ कराेड ४५ लाख बजेट खर्च हुनेछ ।
लुम्बिनी प्रदेश सरकारका सचिव राजेन्द्र केशिले काम छिटाे गर्न र निश्चित अवधिमा सक्न निर्माण कम्पनी लाई निर्देशन दिनु भएकाे छ ।
रुरुधाममा मन्त्री आउनु हुँदा तानसेन नगरपालिका वडा न १४ का वडाध्यक्ष कमल राना , नेपाली काँग्रेस रुरुक्षेत्र वडा न १ का वडा सभापति रामचन्द्र भट्टराइ ,नेकपा एमाले रुरुक्षेत्र वडा न १ का संयाेजक नवराज वि क पार्टी सचिव चिरन्जिवि ज्ञवाली लगाएत स्थानिय समुदायकाे उपस्थिति रहेकाे थियाे ।
Discussion about this post