स्याङ्जाका कोरोना संक्रमितको पाल्पामा मृत्यु

61
SHARES
512
VIEWS

वैशाख -१३
स्याङ्जाका कोरोना संक्रमितको पाल्पामा उपचारका क्रममा मृत्यु भएको छ। वालिङ नगरपालिका वडा नम्बर १२ का ५८ वर्षीया कोरोना संक्रमित पुरुषको आज उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज पाल्पामा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। स्वास्थ्य निर्देशनालय पोखराको अनुसार मृतक पुरुषमा गत ११ गते कोरोना संक्रमणको पुष्टि भएको थियो। हाल सम्म स्याङ्जामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको सङ्ख्या १८ पुगेको छ।

यस्तै गरि स्याङ्जामा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमणको पुष्टि हुनेहरुमा भिरकोट नगरपालिका वडा नम्बर ३ का ६० वर्षका पुरुष , वडा नम्बर ४ का ६९ वर्षका पुरुष र वडा नम्बर ८ कि ५२ वर्षीया महिला रहका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार