राजश्व सुधार कार्य योजना तर्जुमा सम्बन्धी छलफल

25
SHARES
205
VIEWS

तोलाकान्त बगाले
वालिङ, १४ बैशाख ।
वालिङ नगरपालिकामा आज राजश्व सुधार तथा कार्य योजना तर्जुमासम्बन्धी छलफल एवं अन्तरक्रिया गरिएको छ ।
वालिङ नगरपालिकाको आयोजना तथा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको सहयोगमा छलफल एवं अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख दिलीपप्रताप खाँणले नगरपालिकाले राजश्वसम्बन्धी कार्य योजनाहरु बनाउँदा देखिएका कमी कमजोरी तथा त्रुटिहरुलाई सुधार गर्दै नागरिकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो । नगरपालिका करको दर नभई दायरा बढाउने गरी अगाडि बढ्ने बताउनुहुँदै उहाँले प्रगतिशील कर प्रणालीमा जोड दिईने धारणा राख्नुभयो ।

“नागरिकले तिरको करको सही सदुपयोग गर्नुपर्छ भन्नेमा नगरपालिका सदैव सजग र सचेत छ” नगर प्रमुख खाँणले भन्नुभयो, “आँफूले तिरको करलाई कुन कुन क्षेत्रमा प्रयोग गरियो भन्ने कुरा नागरिकले जान्न पाउने गरी देखिने गरी पारदर्शिता देखाउन सकेमा अझै प्रभावकारी हुने छ ।”

कार्यक्रममा उपप्रमुख एवं राजश्व परामर्श समिति संयोजक कल्पना तिवारीले वालिङ नगरपालिकामा प्रदेशमै पहिलोपटक यो छलफल तथा अन्तरक्रिया सञ्चालन गर्न पाउनु हाम्रा लागि निक्कै महत्वपूर्ण र उपलब्धीमूलक रहेको बताउनुभयो । उहाँले कर प्रणालीलाई अझै ब्यवस्थित र गुणस्तरीय तरिकाले सञ्चालन गर्दै हाल भएका कमी कमजोरीहरुलाई सुधारसहित अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले करको संभावित क्षेत्र, करका क्षेत्रमा भएका असल अभ्यासहरुकाबारेमा जानकारी लिनका लागि अन्तरक्रियाको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा विषयविज्ञकोरुपमा सुरेन्द्र वाग्लेले सहजीकरण गर्नुभएको थियो भने नगर प्रमुख खाँणको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन राजश्व शाखा प्रमुख पदमप्रसाद पाण्डेले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार