-
वैशाख -१५
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पनि दोस्रो चरणको कोरोना कहरको लहर सुरु भए संगै कोभिड -१९ विरुद्धको तयारी सुरु गरेको छ। नेपालमा पछिल्लो चरणमा कोभिड – १९ का संक्रमितको सङ्ख्या तिब्र गतिमा बढ्न थाले संगै कोभिड -१९ संग जुध्नकालागि पालिकाले तयारी तिब्र पारेको छ
एक- दुई दिन भित्रमा कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ७ मिर्मीमा आइसोलेसन कक्ष निर्माण कार्य पूरा हुने कालीगण्डकी गाउँपालिकाका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले जानकारी दिनु भयो। पालिकाले ८ वटा कोठाहरु प्रयोग आइलेसन कक्षको स्थापना गर्न लागेको जानकारी दिदै पालिकामा सुरक्षा मापदण्डका नियमहरु कडाइका साथ पालना गर्न-गराउन प्रहरी प्रशासन लगायत सम्पूर्ण संयन्त्र परिचालन गरिने समेत बताउनुभयो ।
पालिकाले सञ्चालनमा ल्याएको कालीगण्डकी अस्पताल आइसोलेसन कक्ष नजिकै रहेकोले स्वास्थ्य सेवामा सहज हुने अपेक्षा गरिएको छ। पालिकाले जिल्ला भन्दा बाहिर आउनेहरुले अनिवार्य रुपमा होम क्वारेन्टिनमा बस्न आग्रह गरेको छ।
Discussion about this post