स्याङ्जामा एक घरमा आगो लगाउने पक्राउ

30
SHARES
252
VIEWS

वैशाख -१५

स्याङ्जामा प्रहरीले एक घरमा आगो लगाउने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरिनास गाउँपालिका वडा नम्बर ५ गाईखर्क बस्ने ३६ वर्षका जीवन आले रहेका छन् ।

जिल्ला प्रहरी कार्यलय स्याङ्जाका अनुसार पक्राउ परेका आलेले वैशाख १२ गते ४:३० बजेको समयमा सोही स्थानकी नाताले कान्छी आमा पर्ने उमा आलेको खरले छाएको घरमा आगो लगाएका थिए। आगलागी पश्चात् घरमा र धन्सारमा रहेका अन्नपात , लत्ताकपडा पूर्णरुपमा जलेर नष्ट भएको थियो ।

यस्तै गरि गोठमा रहेका १ वटा भैंसी , १ वटा बाख्रा जलेर गम्भीर घाइते भएको र खोरमा रहेका ३ वटा बाख्रा , १ वटा बंगुर र १० वटा कुखुरा आगोले जलेर मृत्यु भएको थियो। आगो लगाउने आलेलाई पक्राउ गरि उपद्रव सम्बन्धि कसुरमा मुद्दा  दर्ता गरि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार