गण्डकी प्रदेशमा ८ जना कोरोना संक्रमित थपिए

27
SHARES
99
VIEWS

पोखराका ४ जना सहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार विहान कास्कीको पोखरा वडा नं. ५ का एक ११ वर्षीय बालकसहित ३८ वर्षीया महिला र पोखरा वडा नं. ३० का ३० वर्षीय पुरुष तथा पोखरा वडा नं. १७ का ४५ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

बागलुङ नगरपालिका वडा नं.३ का ३९ वर्षीय पुरुष र वडा नं. ४ की २२ वर्षीया महिला र तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. ६ का १९ वर्षीय पुरुष तथा वडा नं. ३ का २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १ हजार ६ सय ३१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार