सोम, जेष्ठ ३, २०७८
सोम, जेष्ठ ३, २०७८

फेदीखोला गाउँपालिकाले फेदीखोला गान तयार पार्ने

वैशाख -१७
स्याङ्जाको फेदीखोला गाउँपालिकाले फेदीखोला गान तयार पार्ने भएको छ। पालिकाले आफ्नो पालिकाको पहिचान झल्कने किसिमको फेदी खोला गान तयार पार्ने योजना भएकोले सार्वजनिक प्रतिस्पर्धाको माध्यमबाट फेदीखोला गाउँ पालिकाको समग्र पक्ष झल्कने गरि गान रचना गरि वैशाख मसान्तसम्म पठाउन सम्पूर्ण सर्जकहरुलाई आव्हान गरेको छ।

रचना बढीमा ८० शब्दमा हुनु पर्ने र साथै फेदीखोला गाउँपालिकाको एतिहासिक ,धार्मिक , प्राकृतिक र साँस्कृतिक सम्पदालाई समेटेको हुनु पर्ने गाउँपालिकाले जनाएको छ।

सर्जकहरुबाट प्राप्त रचनाहरु मध्येबाट एउटा रचनालाई छनोट गरि पुरस्कार स्वरुप रु २५,००० र प्रमाणपत्र प्रदान गर्ने योजना रहेको फेदीखोला गाउँपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले जानकारी दिनु भयो।

हाल फेदी खोला गाउँपालिकाले कक्षा १-८ सम्मको स्थानीय तहको पाठ्यक्रम तयार पार्ने क्रममा रहेको र सोही पाठ्यपुस्तकमा समेत फेदीखोला गान समाबेश गर्ने योजना रहेको प्रशासकीय अधिकृत बरालले जानकारी दिनु भयो।

स्याङ्जामा गाउँपालिकाले आफ्नै गान तयार पार्नेमा फेदीखोला गाउँपालिका पहिलो पालिका बन्ने भएको छ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार