वालिङका उद्यमीहरुलाई कृषि औजार बितरण ।

29
SHARES
245
VIEWS

वालिङ
वैशाख -१७। वालिङका उद्यमीहरुलाई कृषि औजार बितरण गरिएको छ । वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत बिभिन्न सामाग्रीहरु बितरण गरिएको हो


कृषि औजारहरु हस्तान्तरण गर्दै नगर उपप्रमुख कल्पना तिवारीले उत्पादन बढाउन र लागत कम गर्न कृषि औजारहरु सहयोगी हुने बताउनु भयो । उहाँले भन्नुभयो, अत्याधुनिक प्रविधिको प्रयोगले कृषकको परिश्रममा कमी ल्याउने मात्रै होईन उत्पादकत्व समेत बढ्छ ।

कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले कोभिडको प्रभावबाट बच्दै कृषि कर्ममा निरन्तर लाग्न कृषकहरुलाई सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले कोभिड प्रभावित कृषक तथा उद्यमीहरुलाई लक्षित गरि बिभिन्न सामाग्रीहरु प्रदान गरिएको बताउनु भयो ।

कार्यक्रममा मिल्क एनालाईजर, मिनि थ्रेसर,अटोमेटिक मकै छोडाउने मेसिन,अत्याधुनिक चापकटर,ठेलागाडा, वाईपर गम्वुट सेट,वेडर लगायतका सामाग्री कृषि औजार तथा सामाग्री बितरण गरिएको कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार