समुदायमा बढ्दाे काेभिड सँक्रमण दर अरुकाे लागि हाेइन आफ्नै लागि बच्न स्वास्थ्य मापदण्ड भित्र रहौँ

28
SHARES
232
VIEWS

कृष्ण अन्जान
वैशाख -२३। रुरु -नयाँ भेरियन्ट सहितकाे काेभिड सँक्रमण समुदाय स्तरमा फलिएकाे अाशँकाका बिच रुरुक्षेत्र गाउँ पालिका स्वास्थ शाखाले अाम समुदायलाई स्वास्थ मापदण्ड अपनाउन अपिल अग्रह गरेकाे छ ।

यति बेला रुरुक्षेत्रका विभिन्न वडा हरुमा काेभिडकाे एन्टिजेन परिक्षण गर्ने काम शुरु छ ।
एन्टिजेन परिक्षणमा बुधबार गरिएकाे परिक्षणमा ६० प्रतिशत परिक्षण पाेजेटिभ अाए पछि नया भेरियन्ट सहितकाे काेभिड समुदाय स्तरमा फैलिएकाे अाशँका गरिएकाे छ ।
स्वास्थ शाखाले काेभिड सँक्रमणकाे एन्टिजेन परिक्षणका लागि हरेक वडा हरुमा फाेकल पर्सन ताेकेकाे छ ।

रुरुक्षेत्र गाउँपालिका वडा न १ मा भटकुवा स्वास्थ चौकिका अमृत ज्ञवालीलाइ ताेकिएकाे छ र वहाँलाइ 9861649916मा सम्पर्क गर्न सकिनेछ यसै गरि प्रथमिक स्वास्थ केन्द्र रिडीमा मनाेज गिरिलाइ माेबाइल न 9857059992 मा यसैगरि वडान २ काे ग्वादि स्वास्थ चौकीमा राजेश कुमार अाेली 9868247975 वडा न ३ काे थानपति स्वास्थ चौकिमा गणेश राणा 9847201969 वडा न ४ काे बलरटक्सार स्वास्थ चौकिमा इन्द्र देव पौडेल 9847566387 वडा न ५ काे बम्घा स्वास्थ चौकिमा जनार्दन विष्ट 9847010403 र वडा न ६ का रिमुवा स्वास्थ चौकीमा सचेन्द्र कुमार पटेल 98486 02571 मा सम्पर्क गर्न सकिने छ ।

रुरुक्षेत्र गाउँपालिका स्वास्थ शाखाले खटाएका स्वास्थ कर्मिहरुले वडा वडामा एन्टिजेन चेक जाँच गरिरहेका छन ।
मुख्य समस्या तेस्रो मुलुक भारत र नेपाल कै सँक्रमित क्षेत्रबाट अाएका हरुकाे तथ्यांक नहुँदा र उनिहरुका अभिभावक हरुले अाफ्नाे घरमा अाएका हरुकाे जानकारी स्वास्थ सँस्थाहरुमा नदिने र सँक्रमित हुँदाहुँदै पनि घरमा स्वास्थ्य मापदण्ड पालन नगरि बस्ने कारणले पनि सँक्रमण दर ह्वात्तै बढेकाे अनुमान गरिएकाे छ ।

अाफ्नाे लागि भन्दा पनि अरुकाे लागि बाँच्ने झैँ मास्क सरनिटाइजर र सामाजिक दुरी कायम नगरि रहेकाे समस्या देखिएकाे ले प्रहरी स्थानिय तहले ग्रामीण क्षेत्रमा अनुगमन गर्नु जरुरी देखिएकाे छ ।

नया भेरियन्ट सहितकाे काेभिड 19 काे बर्तमान भयावहता लाई मध्य नजर गर्दै रुरु सँस्कृत विध्यापिठ रिडीमा अक्सिजन सिलिन्डर र नेबुलाइजर सहितकाे अाठ बेड रहेकाे अाइसाेलेसन सेन्टर निर्माण गरिएकाे रुरु प्राथमिक स्वास्थ्य केन्द्र का प्रमुख समेत रहनु भएका डाक्टर विकास पन्थिले जानकारी दिनु भयाे ।

लकडाउनकाे छैटौँ दिन विहिबार पनि रुरुक्षेत्रका सबै बजार क्षेत्रहरु सुनसान देखिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार