अर्गलीमा अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनमा

23
SHARES
194
VIEWS

चुरामणि तिमिल्सिना
वैशाख -२७। पाल्पाको अर्गलीमा पनि कोरोना संक्रमितको सङ्ख्या बढ्ने क्रम सुरु भए पश्चात् तानसेन नगरपालिका वडा नम्बर १४ ले कोभिड -१९ विरुद्धको तयारी सुरु गरेको छ। वडा नम्बर १४ मा अवस्थित अर्गली बहुमुखी क्याम्पसमा सोमबार १० वटा अक्सिजन सहितका बेड क्षमता भएको आइसोलेसन सेन्टर तयारी गरिएको वडा नम्बर १४ का वडा अध्यक्ष कमल रानाले जानकारी दिनुभयो।

बैशाख २३ गते देखि ३१ गतेसम्म वडापूर्णरूपमा सिल गरिको समेत जानकारी दिदै वडाअध्यक्ष रानाले कोरनाका केही लक्षण देखा पर्ना साथ तत्कालै परिवार सित घुलमिल नगरि तत्कालै वडाले तयार गरेको आइसुलेसनमा बस्न आग्रह गर्नु भयो ।

हाल सम्म यस वडाका भारतमा १ जना र नेपालमा २ गरि ३जनाको कोरना कारण ज्यान गैसकेको छ भने हाल सम्म १८ जना कोरना पोजिटिभ भएर होम आइसोलेसनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार