६ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि वडा नम्बर २ मा सिल

83
SHARES
689
VIEWS

वैशाख-३०

स्याङ्जा – कालीगण्डकी गाउँपालिकाको वडा नम्बर २ मा पनि एक हप्ता सम्मको लागि सिल गरिएको छ। वडामा ६ जनामा कोरोना संक्रमणको पुष्टि भए पश्चात् थप संक्रमणको जोखिमलाई मध्य नजर गर्दै एक हप्ता सम्मका लागि वडा नम्बर २ लाई सिल गरिएको वडा अध्यक्ष नर बहादुर रानाले मगरले जानकारी दिनु भयो।

दोस्रो चरणको कोरोना संक्रमण पहिलो चरणको संक्रमण भन्दा थप संक्रामक देखिएकोले वडाका सम्पूर्ण क्षेत्रमा सिल गरिएको र सो अवधिभर बिबाह ,भोज ,भतेर , जुवातास ,सामूहिक भेटघाट कार्यक्रम तथा अनावश्यक आवतजावत गर्न निषेध गरिएको समेत वडा अध्यक्ष राना मगरले जानकारी दिनु भयो।
६ जना संक्रमितहरु मध्ये हाल दुई जनाको बुटवल र दुई जनाको पाल्पा उपचार भैरहेको छ भने अन्य दुई जना होम आइसोलेसन रहेका छन् ।

अत्यावश्यक सेवाका क्षेत्रलाई भने कुनै किसिमको रोकतोक नभए तापनि सेवा प्रबाह गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न-गराउन वडा कार्यालयले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार