यम सोमै
स्याङ्जा-
वैशाख ३१ । नेपालमा दोस्रो चरणको कोरोना संक्रमण सुरु भए पश्चात् नेपालका अस्पतालहरु संक्रमितका कारण भरिभराउ रहेका छन् । संक्रमितहरुको उपचार अभावमा मृत्युहुने क्रम समेत बढ्दै गैरहेको छ। यस्तो महामारीको विषमपरिस्थितिमा राजनीतिक दल हरुको भने यस तर्फ पूर्णरुमा ध्यान जान भने सकेको छैन ।
संक्रमित भैसके पश्चात् उपचारको अभावमा कुनै पनि संक्रमीतले ज्यान गुमाउन नपरोस् भनी विभिन्न व्यक्ति तथा संघ संस्थाहरु सहजीकरणका लागि अगाडि सरेका छन् ।
यसै क्रममा कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ भुष्टुङ स्थायी ठेगाना भइ हाल काठमाडौमा अवस्थित जनमैत्री अस्पतालका कार्यकारी निर्देशक उमेश पाण्डेले कालीगण्डकी बासीलाई उपचारका लागि सहज वातावरण बनाइदिने उद्घोष गर्नु भएको छ।
आफ्नो जन्म थलो कालीगण्डकी गाउँपालिका भएकोले कोरोना महामारीको यो बिपत्तिमा कोहि पनि कालीगण्डकी बासीले काठमाडौको कुनै पनि अस्पतालमा उपचारका लागि कुनै प्रकारको झन्झट बेहोर्न नपर्ने जनमैत्री अस्पतालका कार्यकारी निर्देशक उमेश पाण्डे बताउनु भयो। पालिका बासीलाई आफुले व्यक्तिगत रुपमा सहयोग गर्ने लागेको र विशेष गरि आर्थिक अवस्था कमजोर भएका हरुको सम्पूर्ण उपचार निशुल्करुपम गरिदिने पाण्डेले जानकारी दिनु भयो।
कालीगण्डकी पोष्ट संगको संक्षिप्त कुराकानीका क्रममा पाण्डेले आर्थिक अवस्था कमजोर रहेको पाइएमा नर्मल बेड, आईसियु, भेन्टिलेटर, खाना र औषधिसमेत निशुल्क उपलब्ध गराउने बताउनु भयो। महामारीको बेलमा पालिका बासी कसैले पनि उपचारअभावमा मृत्यु वरण गर्न नपरोस् भन्ने हेतुले आफ्नो तर्फबाट पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर व्यक्त गर्नु भयो।
कालीगण्डकी गाउँपालिका स्थायी ठेगाना भइ काठमाडौ लगायत देशका जुनसुकै स्थानमा रहनु भएका व्यक्तिहरुलाई उपचारका लागि समस्या भएमा उहाँको मोबाइल नम्बर 9851054111 मा सम्पर्क गरि समन्वय गर्न सकिने छ।
Discussion about this post