जेठ -१
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ।
कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ लिहाकका ७२ वर्षीया पुरुषको आज बिहान ९ बजे उपचारका क्रममा कालीगण्डकी अस्पतालमा मृत्युु भएको वडा नम्बर ५ का वडा अध्यक्ष लोकेदार थापाले जानकारी दिनु भयो।
मृतक पुरुषमा वैशाख २६ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । संक्रमणको पुष्टि भए पश्चात् कालीगण्डकी अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा स्वास्थ्यमा जटिलता थपिएका कारण पाल्पाको प्रभासमा रिफर गरिएको थियो।
अवस्था गम्भिर भए पश्चात् थप उपचारका लागि भैरहवा रिफर गरिएकोमा अवस्था स्थिर भएका कारण हिजो कालीगण्डकी अस्पतालमानै भर्ना गरिएको वडा अध्यक्ष थापाले बताउनु भयो।
मृतक ७२ वर्षीया संक्रमित पुरुष कोभिड -१९ र किड्नी रोगबाट ग्रसित रहेका थिए।
कालीगण्डकी गाउँपालिकामा दोस्रो लहरको कोरोना संक्रमण भए पश्चात् मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ। हाल कालीगण्डकी गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसन सेन्टरमा ५ जनालाई राखिएको कालीगण्डकी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक खड्क बहादुर थापाले जानकारी दिनु भयो । मृतकको शव व्यवस्थापनको तयारी भैरहेको समेत जन स्वास्थ्य निरीक्षक थापाले जानकारी दिनु भयो।
Discussion about this post