चापाकोटमा अस्पताल भवन शिलान्यास

196
SHARES
153
VIEWS

राजन भट्टराई,साउन२८
स्याङ्जा । चापाकोट नगरपालिकाले सञ्चालन गर्न लागेको अस्पताल भवन शिलान्यास गरिएको छ ।

नगरपालिकाको वडा ४, दार्सिङमा निर्माण हुन लागेको अस्पताल भवन तोकिएको समयमै निर्माण सम्पन्न गर्ने गरी काम थालनी गरिएको चापाकोट नगर प्रमुख शिवकुमार गिरीले बताए ।
“करीब ६ रोपनी क्षेत्रफलमा १५ शैयाको अस्पताल निर्माण हुने छ” नगर प्रमुख गिरीले भने, “चार तलाको दशकोठे सुविधासम्पन्न भवन निर्माण हुने गरी गजेन्द्र निर्माण सेवासँग ठेक्का सम्झौता भई कार्य थालनी गरेका छौं, यसवर्ष पहिलो तलाको काम हुने र क्रमागतरुपमा तला थप गर्दै लगिने छ ।”

तीन करोड ९४ लाखको लागत अनुमान रहे पनि गजेन्द्र निर्माण सेवाले २ करोड ९९ लाख ५ हजार १४ मा ठेक्का सम्झौता गरी निर्माण थालेको हो ।

ग्रामीण भेगमा सुविधासम्पन्न अस्पताल तथा दक्ष चिकित्सक नभएकै कारण वर्षेनी बिरामीहरुले उपचारको अभावमा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिनका लागि नगरपालिकाको पहलमा भवन निर्माण थालिएको नगर प्रमुख गिरीले बताए ।

“सुविधासम्पन्न अस्पताल निर्माणसँगै दक्ष स्वास्थ्यकर्मीको ब्यवस्थापन गरी ग्रामीण भेगका नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउने छौं,” नगर प्रमुख गिरीले भने, “यहाँ अस्पताल निर्माण भई सेवा आरम्भ भएसँगै सामान्य उपचारका काठमाडौं, पोखरा लगायतका शहरमा जानुपर्ने अवस्थाको अन्त्य हुने छ ।”

दार्सिङमा अस्पताल निर्माण भएसँगै चापाकोट नगरपालिकासहित हरिनास, बिरुवा गाउँपालिका र पाल्पा र तनहुँका केही भेगका नागरिकले प्रत्यक्षरुपमा स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने वडा ४ का वडा अध्यक्ष बिक्रम सारुले बताए ।

भवन निर्माणका लागि चापाकोट नगरपालिकाले गत आर्थिक वर्ष २०७६/०७७ मा १ करोड ९५ लाख, नेपाल सरकारको समपूरक कोषबाट गत आर्थिक वर्षमा ७० लाख र चालु आर्थिक वर्षमा ८७ लाख रकम विनियोजन भएको नगरपालिकाका लेखा अधिकृत तेजन गैह्रेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार