रुरुक्षेत्रकाे रिडीमा स्थापित आइसाेलेसनमा अक्सिजन अभाव

22
SHARES
184
VIEWS

कृष्ण अन्जान
रुरु

जेठ -२। नयाँ भेरियन्ट सहितकाे काेभिड समुदाय स्तरमा फैलिँदै जाँदा रुरुक्षेत्रकाे रिडीमा स्थापना गरिएकाे अाइसाेलेसनमा अक्सिजन अभाव भएकाे छ ।
रुरु स्वास्थ केन्द्रका प्रमुख डाक्टर विकास पन्थीका अनुसार २ वटा भरि र एउटा अाधा अक्सिजन सिलिन्डर रहेकाे र अाइसाेलेसनमा रहेका चार जना बिरामी लाई अक्सिजन दिइरहनु पर्ने भएकाले अभाव हुने देखिएकाे छ ।
अाइसाेलेसनका छ वटा सिलिन्डर भर्नका लागि पठाइएकाे मा बाहिरी जिल्लाका सिलिन्डर भर्न नपाउने भने सँगै कपिलवस्तु हुँदै यतिबेला ती सिलिन्डर भैरहवांमा लाइनमा रहेकाे छ तर कतिबेला भरिने हुन जानकारी नभएकाे बताउनु भयाे ।

यतिबेला रुरुक्षेत्रमा भेरियन्ट सहितकाे काेभिड समुदाय स्तरमा फैकिएकाे छ दैनिक दर्जनौँ बिरामी हरु का केश हरु अाइरहेका छन त्यसैले सजगता अपनाउन समेत डाक्टर पन्थीले अाग्रह गर्नु भएकाे छ ।
गाउघरमा पहिले सामान्य हुँदा स्थानिय फार्मेसीका अौषधि प्रयाेग गर्ने अनि बढि भएपछि स्वास्थ केन्द्र मा अाउने र चेक गर्दा अक्सिजनकाे मात्रा ७५ भन्दा तल समेत झरेकाे पाइएकाे छ यहाँबाट रेफर गर्दा बुटवल पाल्पा कतै अस्पतालमा बेड खालि नरहेका कारण झन समस्या हुने डाक्टर पन्थीले बताउनु भयाे।

मुख्यतया रुघा खाेकि ज्वराे लगाएतका लक्षण देखिने बित्तिकै एन्टिजेन्ट का साथै अक्सिजनकाे स्याचुरेशन चेक गरि हाल्न र ९२ र ९३ बाट घट्याे भने स्वास्थ सँस्था हरुमा सम्पर्क गर्न डाक्टर पन्थीले सुझाउनु भएकाे छ ।
यसै गरि रुरुक्षेत्र गाउँपालिका का वडा हरुमा रहेका स्वास्थ्यकर्मी हरु एन्टिजेन्ट चेक गर्ने कार्यमा खटिइ रहेकाले लक्षण देखिए याे सेवा लिन समेत अाग्रह गर्नु भयाे
नया भेरियन्ट सहित काे काेभिडबाट बच्न मास्ककाे प्रयाेग सँगेै पटक पटक साबन पानिले हात धुने भिडभाडमा नजाने र सेनिटइजरकाे प्रयाेग गर्ने साथै अावस्यक काम बाहेक घरबाट बाहिर ननिस्कन समेत डाक्टर पन्थीले सबैलाइ अाग्रह गर्नु भएकाे छ ।

रुरु प्राथमिक स्वास्थ केन्द्रका प्रमुख समेत रहनु भएका डाक्टर विकास पन्थी यतिवेला चौविसै घण्टा चिकित्सकिय सेवामा खटिनु भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार