जेठ -३
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले कोरोना संक्रमणको बढ्दो दरलाई न्यूनीकरण गर्नका लागि एन्टिजेन र पिसिआर परिक्षणको दायरालाई फराकिलो बनाएको छ।
हिजो आइतबार पालिकाका पदाधिकारी , प्रशासकीय अधिकृत तथा स्वास्थ्यकर्मी हरुको संयुक्त बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि एन्टिजेन र पिसिआर परिक्षणको दायारा बढाउने , स्वास्थ्यकर्मीहरुद्वारा संक्रमित हरुलाई उनिहरुको टोल वा घरमै गएर निशुल्क आधारभूत औषधि वितरण गर्ने , संक्रमितहरुको निरन्तर फ्लोअप गर्ने , होम आइसोलेसनमा रहेका संक्रमित हरुलाई अस्पताल लान पर्ने अवस्था आएमा सहजीकरण गर्ने लगायतका निर्णय भएकोले कालीगण्डकी गाउँपालिकाका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले जानकारी दिनु भयो।
पालिकाको वडा नम्बर ५ र ७ मा कोरोना संक्रमितको सङ्ख्या बढ्दो क्रममा रहेकोले एन्टिजेन र पिसिआर बिधिबाट कोरोना परिक्षणलाई तिव्र पारिएको प्रशासकीय अधिकृत ज्ञवालीले बताउनु भयो।
पालिकामा रोगलाई लुकाउने र परिक्षणका लागि शुल्क लाग्ने भए पछि कोरोना परिक्षण गर्न हिच्किचाउने प्रवृत्ति देखिएकोले लक्षण सहितका व्यक्तिहरु र कन्ट्याक्ट् ट्रेसिङमा परेका हरुको परिक्षणलाई निशुल्क बनाइएको ज्ञवालीले बताउनु भयो।
कालीगण्डकी गाउँपालिकाले कोरोना संक्रमितको निशुल्क उपचार गर्दै आएको छ।
Discussion about this post