स्याङ्जामा जबरजस्ती करणी गरेको आरोपमा एक जना वृद्ध पक्राउ

62
SHARES
514
VIEWS

जेठ -११
स्याङ्जामा प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिरुवा गाउँपालिका वडा नम्बर ४ खुदी बस्ने ६० वर्षका दुर्ग बहादुर दमै रहेका छन् ।

जिल्ला प्रहरी कार्यलय स्याङ्जाले दिएको जानकारी अनुसार ६० वर्षका दमैले सोही स्थानकि २२ वर्षीया महिलालाई बाख्रा चराउन जाने क्रममा २०७७ सालको असार महिनामा र अन्तिम पटक माघ ४ गते पुनः करणी गरेको जाहेरी दरखास्त पर्न आएकोले आरोपित दमैलाई पक्राउ गरिएको हो।

पक्राउ पश्चात् आरोपित दमैलाई जबरजस्ती करणी मुद्दा  दर्ता गरि सम्मानित जिल्ला अदालत स्याङ्जाबाट म्याद थप अनुमति लिएर अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार