जेठ-१३
पछिल्लो चरणमा कोरोना संक्रमितहरुको सङ्ख्या ग्रामीण क्षेत्रमा बढ्न थालेको छ। कोरोना छ्ल्नलाई गाउँ प्रवेश गर्नेहरुको सङ्ख्या लकडाउन हुनु भन्दा अगाडि देखिएकोले कोरोना जोखिम उच्च भएर गएको देखिन्छ । शहरी क्षेत्रमा सुरक्षाकर्मी हरुको उपस्थितिले लक डाउनलाई प्रभावकारी ढंगले कार्यनयन गर्न सकिए पनि ग्रामीण क्षेत्रमा लकडाउन कम प्रभावकारी रहेको पाइएको छ।
विशेष गरि कोरोना छ्ल्न गाउँघर प्रवेश गरेका हरुले नियम पूर्वक १५ दिन सम्म होम आइसोलेसनमा बसेको भए गाउँ घरमा यो बिकारल अवस्था भने आउने थिएन । उनिहरु गाउँ घरमा निर्वाध प्रबेश गर्नु र उनीहरुलाई होम आइसोलेसनमा रहे वा नरहेको अनुगमन गर्ने कुनै निकाय वा स्थानीय वडा हरु चुकेका कारण पनि यस्तो अवस्था आएको हो।
यस्तै गरि रुघाखोकी सहित लक्षण भएका हरुले पनि कोरोना परिक्षणका लागि बेवास्ता गर्ने प्रवृत्ति हावी रहेको देखिन्छ। रोग लुकाउने प्रवृत्तिले कोरोना संक्रमणलाई मलजल गरेको छ।
“अहिले गाउँ घरमा लक्षण देखिएकाहरु परिक्षण गर्नका लागि डराएका छन् ।” कालीगण्डकी गाउँपालिकाका स्थानीय मोतीलाल घर्ती मगरले भन्नू भयो। “यस्ले अब गाउँ घर झन उच्च जोखिममा रहेको छ ।” घर्ती मगरले थप्नु भयो।
यता कालीगण्डकी गाउँपालिकका अध्यक्षले एक सूचना जारी गर्दै रोग नलुकाउन र परिक्षणका लागि स्वास्थ्य चौकी वा कालीगण्डकी अस्पतालमा सम्पर्क राख्न आग्रह गर्नु भएको छ। कालीगण्डकी गाउँपालिकाले कोरोना संक्रमितको निशुल्क उपचार गर्दै आएको छ्। त्यसैले अब रोग नलुकाएर परिक्षणका लागि अस्पताल जाने कि ?
कोरोना रोकथामका लागि सवै जनाको साथ र हातेमालोको आवश्यक छ।
Discussion about this post