कालीगण्डकी गाउँ पालिकाको भवन निर्माण कार्य सुरु हुँदै

118
SHARES
231
VIEWS

स्याङ्जाको कालीगण्डकी गाउँ पालिकाको भवन निर्माणको लागि माटो परिक्षण गरिएको छ। भवन निर्माणको लागि माटो उपयुक्त भए नभएको तथ्य पत्ता लगाउन आज प्राबिधिकहरुको समूहले माटो परिक्षण गरेको हो। कालीगण्डकी गाउँ पालिकाको आफ्नै भवन नहुदा हाल साविकको बिर्घा गाविस भवन बाट पालिकाले सेवा दिइरहेको छ। नयाँ भवन भने कालीगण्डकी गाउँ पालिका वडा नम्बर ४ गहलाममा निर्माण हुन लागेको हो। भवन निर्माणको लागि माटो परिक्षणको नतिजा ६/७ दिन भित्र आउने तत्पश्चात मात्र भवन निर्माण कार्य सुरु गरिने जानकारी गाउँ पालिकाका अध्यक्ष खिम थापा मगरले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार