जथाभावी आयुर्वेद औषधि सेवन नगर्न गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराको आग्रह

22
SHARES
181
VIEWS

जेठ २५

कोरोना संक्रमणको जोखिम बढे संगै पछिल्लो समयमा आयुर्वेद औषधि सेवन गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि आएको छ। तर सवै आयुर्वेद औषधिहरु चिकित्सकको सल्लाह बिना सेवन गर्दा नकारात्मक असर पर्न सक्ने भन्दै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले यश ध्यानाकर्षण गरेको छ।
स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको सूचना यश प्रकार रहेको छ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश, पोखराको सूचना

• कुनै पनि आयुर्वेद औषधि आफै बजारबाट किनेर खाने नगरौ, औषधिको मात्रा र सेवन बिधि मिलेन भने आयुर्बेद औषधिले पनि हानि गर्न सक्दछ ।
• सडक गल्लि र चोकहरुमा फिजारेका, झोलामा लिएका, गाडीमा बिज्ञापन बजाउदै हिडेकाहरु सँग औषधि नकिनौ र प्रयोग पनि नगरौ ।
• दर्तावाल आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीको परामर्श लिएर मात्रै आयुर्वेद औषधिहरुको प्रयोग गरौ ।
• कुनैपनि भ्रमात्मक विज्ञापनले जनस्वास्थ्य तथा आयुर्वेद सेवाप्रति नै नकारात्मक प्रभाव पर्न जाने हुदा जनस्वास्थ्य ऐन २०७५ को दफा ४५ (२) साथै औषधि ऐन २०३५, दफा १९ को बर्खिलाप भएकोले त्यस्ता कार्यहरु नगर्न / नगराउनुहुनका साथै सुरक्षित एवम् गुणस्तरीय आयुर्वेद चिकित्सा सेवाको लागि नजिकको सरकारी वा दर्तावाल आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीहरु सँग परामर्श लिनुहुन सबै सरोकारवालाहरुलाई यो सूचना जारि गरिएको छ । साथै अन्य गुनासो भएमा वा जानकारीको लागि स्वास्थ्य निर्देशनालयको हट लाइन नम्बर १०९२ मा सम्पर्कको लागि अनुरोध छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश, पोखरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार