कृष्ण अन्जान
गुल्मी
जेठ -२७। युवाहरुमा जाेश त हुन्छ नै तर जब जाेशमा हाेस थपिन्छ तब युवाहरु झनै जिम्मेवार बन्छन्। रुरुक्षेत्र गाउँपालिकाकाे वडा नम्बर १ रिडीमा रहेकाे रुरु प्राथमिक यतिबेला जाेश सँगै हाेस सम्हालेका युवा डाक्टर विकाश पन्थी कार्यरत हुनुहुन्छ ।
धेरै लामाे समय भएकाे छैन रुरु प्राथमिक स्वास्थ केन्द्रकाे प्रमुखकाे पद सम्हालेकाे तर यति बेला डाक्टर विकास पन्थीकाे चर्चा याे क्षेत्रमा छ । रुरुक्षेत्र गाउँपालिकामा करिब २० हजारकाे हाराहारीमा जनसंख्या छ। सँगै याे क्षेत्र वरिपरि पाल्पाको अर्गली कुसेनी र स्याङ्जाको कालिगण्डकी रुरुक्षेत्र नजिकैकाे सत्यवति र पाल्पाकाे रैनादेवि गाउँ पालिका र क्षत्रकाेट गाउँ पालिकाकाे रिडीखाेला काे तटिय क्षेत्रका हजारौं जनता थपिँदा करिब पचास हजार भन्दा बढिकाे जन स्वास्थकाे अाशाकाे केन्द्र रुरु प्राथमिक स्वास्थ केन्द्र हाे ।
यतिबेला नयाँ भेरियन्ट सहितकाे काेभिडकाे सँक्रमण छ रुरु स्वास्थ्य केन्द्र मा अरु राेगका दैनिक एक सय भन्दा बढिकाे स्वास्थ्य जाँच हुन्छ र याे जाँचकाे जिम्मा एक्ला डाक्टर विकासकाे काँधमा छ ।
अाम जनसनुदायकाे स्वास्थ जाँच परामर्श र अौषधाेपचार हाम्राे जिम्मेवारी हाे र अाफ्नाे जिम्मेवारी बहन गर्दा मलाई थकाई लाग्दैन डाक्टर विकास पन्थी भन्नु हुन्छ ।
रुरु स्वास्थ केन्द्र बाट इमर्जेन्सी सेवा ,रात्रिकालिन इमर्जेन्सी सेवा ,एक्सरे, भिडियाे एक्सरे लगाएतका सेवा हरु प्रदान गरिन्छ र सबै मा एक्ला डाक्टर विकास पन्थीकाे सकृयता बढि छ । करिब पन्द्र जना स्टाफकाे परिचालन ,प्रशासनिक काम , बिरामी जाँच ,तर डाक्टर पन्थी मानवकाे रुपमा मशिन हुनुहुन्छ ।
पछिल्लो चरणमा नयाँ भेरियन्ट सहितकाे काेभिड सँक्रमणले रुरु स्वास्थ केन्द्रलाई नया जिम्मेवार थपेकाे छ ।रिडीकाे रातामाटामा स्थापित अाइसाेलेसन सेन्टरकाे व्यवस्थापन सँगै अक्सिजन र उपाचारकाे जिम्मेवारी पनि डाक्टर विकास पन्थी माथि छ । आईसाेलेसनमा आउने बिरामीका लागि अक्सिजनकाे जाेहाे गर्न डाक्टर विकास पन्थीकाे कृयाशिलता पनि उदाहरणीय छ। मुख्यतया रिडी बजारका सामाजिक अभियन्ता हरुकाे सकृयता र विभिन्न सँघ सँस्था राजनीतिक व्यक्तित्व हरुकाे पहल र सहयाेगले अाइसाेलेसन व्यवस्थापन र अक्सिजन अापुर्तिमा धेरै सजिलाे भएकाे डाक्टर पन्थीकाे भनाई छ ।
रुरु स्वास्थ केन्द्रले यतिबेला एक सय सत्तरी प्रकारका अाौषधिहरु बितरण गर्दै अाएकाे छ स्वास्थ विमा कार्यक्रमका कारण पनि बिरामीकाे चाँप बढेकाे पाइन्छ ।
रुरु स्वास्थ केन्द्र बाट अत्याधुनिक सेवाका प्रदान गर्ने लक्ष अनुरुप डिजिटल एक्सरे मशिन र कलर डाेप्लर अल्ट्रासाउन्ड मशिन जडानकाे तयारीमा रहेकाे डाक्टर पन्थीले बताउनु भयाे।
स्वाच्छ सफा अस्पताल र छरितो स्वास्थ सेवा सँगै गुनासाे रहित व्यवहार अाफ्नाे पहिलाे प्राथमिकता रहेकाे युवा डाक्टर पन्थीकाे बनाई छ ।
Discussion about this post