बुध, असार ९, २०७८
बुध, असार ९, २०७८

पाल्पामा सवारी दुर्घटना हुँदा चार जना घाइते

जेठ -२८
पाल्पामा सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । आज बिहान ८:३५ बजेको समयमा रामपुर नगरपालिका वडा १० एक्लेटारफाटबाट रामपुरतर्फ जादै गरेको ग १९ प ४०८८ नम्बरको मोटरसाइकल अनियंत्रित भइ बिपरित दिशाबाट आउदै गरेको लु १ च ७५२५ नम्बरको स्करपियो संग ठक्कर खादा उक्त दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यलय पाल्पाका प्रबक्ता एवम् सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनु भयो।

दुर्घटनामा परि घाइते हुनेहरुमा मोटरसाइकल चालक पाल्पा रामपुर नगरपालिका वडा नम्बर १० रामटार बस्ने २३ वर्षीय गोपाल श्रेष्ठ , मोटरसाइकलमा सवार सोही स्थान बस्ने ३० वर्षीया भिम कुमारी श्रेष्ठ , १३ वर्षीय बिपिन श्रेष्ठ र ५ महिनाका बिक्रम श्रेष्ठ रहेका छन्

घाइतेहरु चारै जनालाई उपचारका लागि पाल्पाको रामपुर अस्पतालमा पठाइएकोमा थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रबक्ता त्वातीले जानकारी दिनु भयो।

स्करपियो र स्करपियो चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार