कृष्ण अन्जान /रामकृष्ण कँडेल
जेठ -२८। रुरु /गुल्मीदरवार गाउँपालिका
सबैकाे मृत्युु कहाँ गरुँगाे हुन्छ र ? तर कसैकाे मृत्यु यति गरुँगाे बन्छ कि मन सम्हाल्न साह्रै गाह्राे हुँदाे रहेछ ।
यतिबेला सिँगाे दरबार देविस्थान गाउँ पालिका अाँशुकाे अाहालमा त डुबेकाे छ नै रुरुक्षेत्रकाे रिडीबजार तथा वरिपरिको क्षेत्र समेत हाेनहार युवा सुन्दर चालिसेकाे असमयिक निधनकाे खबरले शाेकमा डुबेकाे छ ।
कलिलै उमेरका सुन्दर दरवार देविस्थान गाउँ पालिकामा शिक्षा शाखामा कार्यरत अधिकृत थिए ।लगनशील र परिश्रमी सुन्दरकाे अवसानले एउटा हाेनहार र चम्किलाे तारा सँगै भाेलिकाे राम्राे प्रशासक समेत राष्ट्रले गुमाएकाे छ ।
दरवार देविस्थानकाे जुभुँगमा जन्मिएका सुन्दरकाे प्रारम्भिक शिक्षा अाफ्नै गाउँमा भएपनि माध्यमिक शिक्षा र उच्च शिक्षा रुरुक्षेत्र १ काे रिडी बजारमा भएकाे थियाे ।विष्णुपन्जरकाे सँस्कृत तथा साधारण माध्यमिक विध्यालयमा अध्ययन गरेका उनले रिडीकै सँस्कृत विध्यापिठ मा स्नातक र त्रिभुवन विश्वध्यालय बाट स्नातकोत्तर गरेका थिए ।
रिडी बजार मा अध्ययन गर्दा च्यूरेकमा अाफ्ना दिदी भिनाजुकाे घरमा बसेर पढेका र पढि सकेपछि अाफुले अध्यापन गरेकै सँस्कृत माध्यमिक विध्यालयमा अध्यापन शुरु गरेका सुन्दरलाई याे क्षेत्रमा नचिन्ने काेहि भएन ।
सँस्कृत तथा साधारण माध्यमिक विध्यालयमा अध्यापन गराई रहँदा निजामती सेवामा नाम निकालेर उनी दरबार देविस्थान गाउँ पालिकाकाे शिक्षा शाखामा कार्यरत रहँदै शेक्षिक विकास मा अाफुलाई समाहित गरेका थिए ।
जेठ २६ गते कार्यालयकाे काम सकेर भाेलि भेटौँला भन्दै घर जुभुँग गएका सुन्दर कहिल्यै नफर्कने गरि सँसारबाट बिदा भए ।
अाफ्नै घर जुभुँगमा हृदयघात भई ढलेका सुन्दरलाई उपाचारका लागि तम्घास अस्पताल पुर्याइएकाेमा अस्पतालले मृत घाेषणा गरेकाे र तम्घास अस्पतालमा गरिएकाे एन्टिजेन परिक्षण नेगेटिभ अाएकाे थियाे ।
दाह सँस्कारका लागि रुरुधामकाे कालिगण्डकीकाे तटमा पुर्याउँदा अन्तिम श्रद्धाञ्जलीका लागि उनले पढाएका विध्यार्थी तिनका अभिभावक सहपाठी शिक्षक र अाफन्त जन अाधारातमा पनि अाँशु झार्दै पुगेका थिए ।
दरवार देविस्थान गाउँ पालिकाले अाफ्नाे गाउँ पालिकाले हाेनहार कर्मचारी गुमाएकाेमा शुक्रवार गाउँपालिकामा शाेक मनाउन एक दिन विदा दिने घाेषणा गर्याे ।
दरवार देविस्थान गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले एक शाेक विज्ञप्ति जारि गर्दै गाउँ पालिकाकाे शैक्षिक शाखाका हाेनहार युवा कर्मचारीकाे असामायिक निधने मर्माहत भएकाे उल्लेख छ ।
युवा अवस्थामा सुन्दरकाे निधन पश्चात१५ महिने नाबालक छाेराे श्रीमती बा अामाकाे अवस्था त भनि साध्य छैन तर उनकाे अवसान मा धेरै अाफन्त उनका सहकर्मी उनले पढाएका सयौँ विध्यार्थी र तिनका अभिभावक र उनलाई सुन्दर भनेर चिने जानेका हजारौंका अाँखा मा उनकाे अनुहार नाचिरहेकाे छ र शाेकका अाँसु बगिरहेका छन ।
Discussion about this post