शैक्षिक संस्था सञ्चालन नगर्न आग्रह
पर्वतको पैयुँ गाउँपालिकाले आफ्नो पालिका भित्र रहेका कुनै पनि शैक्षिक संस्थाहरु सञ्चालन नगर्न आग्रह गरेको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमण बढिरहेको भन्दै गाउँपालिकाले सूचना जारी गरी सामुदायिक तथा संस्थागत दुबै विद्यालय सञ्चालन नगर्न आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालय पर्वत र गाउँ शिक्षा समितिको साउन २९ गतेको निर्णय अनुसार विद्यालयमा विद्यार्थी भेला गरी, समूह निर्माण गरी पठन पाठन नगर्न गाउँपालिकाले सबै विद्यालयहरुलाई सूचना मार्फत जानकारी गराएको छ ।
साथै कुनै विद्यालयले अटेरि गरी सञ्चालन गरेमा संक्रमण रोग ऐन २०२० तथा प्रचलित कानुन बमोजिम कारबाही गर्ने पालिकाले सूचनामा उल्लेख गरिएको छ ।
कोरोना भाइरस संक्रमणको कारण देशमा लकडाउन भएपछि लामो समयसम्म बन्द भएका शैक्षिक संस्थाहरुले लकडाउन खुकुल्लो हुनासाथ विद्यार्थीलाई विद्यालयमा बोलाएर पढाउदै आएका थिए ।
Discussion about this post