गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३९ जनामा काेराेना संक्रमण पुष्टि,४६ जनाले कोरोना जिते

25
SHARES
206
VIEWS

गोकर्ण पाण्डे/गुल्मी।गुल्मीमा थप ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।पीसीआर परिक्षण गर्दा १६ र एन्टिजेन परिक्षण गर्दा २३ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ। जिल्लाकाे मुसिकाेट नगरपालिकामा १३ जना,रेसुङा नगरपालिकामा दुई जना,मालिका गाउँपालिकामा दस जना,इस्मा गाउँपालिकामा पाँच जना,रुरुक्षेत्र गाउँपालिकामा तीन जना, छत्रकाेट गाउँपालिकामा दुई जना,धुर्कोट गाउँपालिकामा दुई जना,गुल्मीदरबार गाउँपालिकामा एक जना, सत्यवती गाउँपालिकामा एक जना,गरि ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।याे सगै गुल्मीमा काेराेना सकृय संक्रमित संख्या ५९८ पुगेको छ।
त्यस्तै,पछिल्लो २४ घण्टामा ४६ जना काेराेना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल दुई हजार २७४ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ।
पछिल्लो २४ घण्टामा ज्यान गुमाउने को संख्या शुन्य रहेको छ ।दोस्रो काेराेना लहरका कारण गुल्मीमा मृत्यु हुनेकाे संख्या ८८ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार