नेपाललाई अर्को सातासम्म कोभ्याक्सले खोप उपलब्ध गराउन सक्ने

31
SHARES
256
VIEWS

काठमाडौं , जेष्ठ २९ गते
कोभ्याक्सले नेपाललाई अर्को सातासम्म खोप उपलब्ध गराउन सक्ने भएको छ । कोभ्याक्सले नेपालको खोप बार्ता समितिलाई अक्सोर्ड तथा एक्स्ट्राजेनेकाद्धारा विकसित खोपका केहि डोज उपलब्ध गराउने जानकारी दिएको हो ।
स्वास्थ्य सेवा बिभाग परीवार कल्याण महाशाखामा प्रमुख डा. तारानाथ पौडेलका अनुसार यहि जुन भित्र कोभ्याक्सको खोप नेपाललाई प्राप्त हुने सम्भावना छ ।

उहाले भन्नुभयो “कोभ्याक्सले हामीलाई जुन महिनाको मध्य सम्ममा दिन सकिन्छ भनेको थियो तर संसारभरीनै खोपको अभाव रहेकाले अर्को सातासम्म कोभ्याक्सको खोप नेपाललाई उपलब्ध गराउन सक्ने छ , तर कती मात्रा खोप दिने भन्ने चाहिँ कम्पनीले खुलाएको छैन ।”
कोभ्याक्स खोप नेपाल आउने बित्तिकै कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई उच्च प्राथमिकतामा राखेर खोप दिने उहाँले बतानुभयो । “मलाई लाग्छ उनिहरुले हामीलाई एक्स्ट्राजेनेका र अक्स्फोर्ड कम्पनिले उत्पादन गरेको खोप नै उपलब्ध गराउने छन् उहाले भन्नुभयो ।”

कोभिसिल्ड खोपसँग अस्ट्राजेनेका तथा अस्फोर्ड कम्पनिले उत्पादन गरेको कोभ्याक्स खोपको फर्मुला मिल्ने भएकाले पहिलो मात्रा कोभिसिल्ड लगाएकालाई कोभ्याक्स दिन सकिने उहाँले बताउनुभयो ।

भारतको सेरम इन्स्टिच्युट अफ ईन्डियाले नेपाललाई उपलब्ध गराउने १० लाख डोज उपलब्ध नगराए पछि खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा दिन सकिएको छैन ।यस्तै अमेरीकाले पनि नेपाललाई खोप उपलब्ध गराउने आश्वासन गराए पनि आधिकारीक निर्णय आउन बाँकि रहेकाले खोपको आयातमा ढिलाई भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार