पाल्पामा टिप्पर दुर्घटना हुँदा एकको मृत्यु – चार जना घाइते

52
SHARES
432
VIEWS

जेठ – ३०
पाल्पामा आज दिउँसो टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । आज मध्यान्ह १२ बजेको समयमा जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नम्बर २ लघुवा स्थित गुल्मी – पाल्पा पक्की सडक खण्डमा बुटवल देखि गुल्मीतर्फ सिमेन्ट सहित बा ४ ख ७३२० नम्बरको टिप्परले सोही दिशातर्फ जादै गरेको प्रेदेश ३-००१ क २५० नम्बरको टिप्परलाई ठक्कर दिदा उक्त दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रबक्ता रामेश्वर त्वातीले जानकारी दिनु भयो। ठक्करबाट अनियंत्रित भएका दुवै टिप्पर सडकबाट २२० मिटर तल खस्दा टिप्परमा सवार १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका हुन्।

दुर्घटनामा परि मृत्युु हुनेमा रुरु गाउँपालिका वडा नम्बर २ बस्ने ४५ वर्षीय टंक बहादुर कुँवर रहेका छन् । यस्तै गरि घाइते हुनेहरुमा रुरु गाउँपालिका वडा नम्बर २ बस्ने ३८ वर्षीय अशोक कुँवर , सोही स्थान बस्ने ४२ वर्षीया रमा कुँवर , ललितपुर जिल्लाका राजेन्द्र बजागाई र नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ९ बस्ने २२ वर्षका किसन कुँवर रहेका छन् । घाइते हरुमध्ये रिमा कुँवरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको पाल्पाको युनाईटेड अस्पतालमा उपचार भैरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार