बुटवल गएकी आमा नफर्के पछि तम्घासमा १० वर्षीय शिव थापा अलपत्र

40
SHARES
336
VIEWS

चुरामणि तिमिल्सिना
जेठ -३०। बाबु तिमीलाई मिठी-पापा, नयाँ कपडा र नयाँ झोला लिएर आउछु भनेर घरबाट तम्घास ल्याइ आफु गाडी चडेर बुटवल जान्छु भनेर हिडेकि १० बर्षिय शिव थापाकी आमा अहिले सम्म छोरालाई भेट्न आएकी छैनन् । यो घटना गुल्मी जिल्ला इस्मा गाउँपालिका वडा नम्बर २ छ्ल्दीपनाको हो ।

एक साता अगाडि देखि आफु तम्घासका विभिन्न सडकमा मागेर सडकमै रात कटाउने गरेको थापाले गुल्मीका सञ्चारकर्मी हुकुम थापालाई बताएका छन् ।

केही दिन अगाडि सञ्चारकर्मी हुकुम करिव १०.३० बजे आफ्नो अफिसको काम सकेर मोटरसाइकलमा घर फर्कने क्रममा थापालाई बाटोमा भेटेका थिए। मोटरसाइकल रोक्दै थापाले आफुलाई भोक लागेको, केहि खाने कुरा दिन आग्रह गरेको , आफुलाई आमाले छोडे गए पछि अलि-अलि मात्र मागेर खाएको बताएका थिए।

त्यस पछि सञ्चारकर्मी हुकुमले शिवलाई आफ्नै बाइकमा राखेर मध्य-रातमा आफ्नो कोठामै ल्याए। र हतार-हतार बाहिर निस्केर सुतिरहेका पसलेलाई उठाइ चाउचाउ , बिस्कुट ल,फ्रुटि किनेर ल्याएर खान दिए।

शिवलाई त्यो दिन सञ्चारकर्मी हुकुमले आफै सित राखेर केहि जानकारी लिने प्रयास समेत गरे। सोधपुछ क्रममा शिवले आफ्ना वावालाई नदेखेको बताए । आफुलाई आमाले दिएको जानकारी अनुसार बुवा त गर्भमा रहदानै झुन्डियर आत्महत्या गरेको बताए ।

बुवाको बारेमा यो भन्दा बढी अरु जानकारी नभएको सञ्चारकर्मी हुकुमलाई दिएका थिए।

रुदै शिवले भने आमाले आफुलई घरबाट तम्घास संगै ल्याएको र आफु बुटवल जाने काम छ तिमिलाइ सबै थोक ल्याइदिउला भनेर जानु भएको बताए ।

अहिले सम्म पनो आमा न आउनु भएकोले यसरी बजारका गल्ली सडकमा अन्य व्यक्तिसंग मागेर खाने गरेको बताए ।

हाल उनि संग आफुले लगाएको बाहेक अर्को कुनै पनि कपडाहरु नभएको शिवले बताए ।

उनि भन्छन मलाई पढ्न मन छ। नयाँ कपडा लाउनमन छ। भन्दै रुदैगरेको सञ्चारकर्मी हुकुमले बताउनु भयो। हुकुमले बाबुको नालिबेलि केहि जानकारी पाए पश्चात् आफुले सामाजिक संजालमा शिवको भिडियो समेत प्रसारण गरेका छन् ।

यस्ता आमा बुवा बाट अलग्गिएका बालबालिकाहरुलाई बालकेन्द्र सम्म पुर्याउन सहयोग गर्ने तपाई- हामी सबैको कर्तब्य हो।

सञ्चारकर्मी हुकुम थापाले आफुले यो सबै नालेबेली जिल्ला प्रहरी कार्यालयसम्म आज पुर्याउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार