पाल्पा अपडेट:-तानसेन बजार क्षेत्र सिल

117
SHARES
104
VIEWS



तानसेन नगरपालिका ४ की ४० वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि तानसेन बजारका विभिन्न क्षेत्र सिल गरिएको छ ।

स्थानीय स्तरसम्म सङ्क्रमण फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले बिहीबार बेलुकी ८ बजेदेखि लागू हने गरी बजार क्षेत्र सिल गरेकाे हाे ।

तानसेन नगरपालिकाको पूर्वमा हुलाक चोक, पश्चिममा गौरीशङ्कर गेस्ट हाउस, उत्तरमा टक्सार माछा पसल, दक्षिणमा पेट्रोल पम्पको चारकिल्ला भित्रको विशाल बजार क्षेत्र सिल गरिएको हो । अर्को सूचना जारी नहुँदासम्म ती क्षेत्र सिल गरिएकाे प्रशासनले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार