अविरल वर्षकाकारण रुरुधाममा नदीको सतह बढ्यो

56
SHARES
468
VIEWS

चुरामणि तिमिल्सिना

असार १
अविरल वर्षाको कारण गुल्मी ,पाल्पा र स्याङ्जाको संगम स्थल रुरुधाममा नदीको सतह बढेको छ। कालीगण्डकी र रिडी खोलामा पानीको सतह बढेपछि आफुहरुलाई समस्या भएको स्थानिय खिम प्रसाद गौतमले बताउनु भयो।


यस बगरमा गौतम मात्र हैन टेक बहादुर थापा र बसन्त खाम्चाको पनि पानीले गर्दा घर जोखिम हुनुका साथै सामान सार्ने बाध्यता भएको बताउनु भयो।

यस्तै केही घन्टा अझै कालीगण्डकी नदिमा पानीको सहतबढ्ने हो भने लामो चौपारीआस पासमा पनि क्षति हुन सक्ने सो क्षेत्रमा अवलोकन गर्न पुग्नु भएका रुरुक्षेत्र गाउँपालिका वड नम्बर १ का वडा अध्यक्ष रामलाल बिकले जानकारी दिनु भयो । उहाँले पानीको सतह अझै बढ्न सक्ने भएकोले होटल व्यवसायी गर्ने हरुलाई बगरबाट टाढा रहन र जाल हानेर माछा मार्न समेत नजान आग्रह गर्नुका साथै आफ्नो वडा भित्र कुनै पनि सडक ,बस्ती तथा सामाजिक सम्पदामा क्षति भएमा आफुलाइ तत्काल नै खबर गर्न आग्रह गर्नु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार