असार-१
अविरल वर्षाको कारण गुल्मी ,पाल्पा र स्याङ्जाको संगम स्थल रुरुधाममा नदीको सतह बढेको छ। कालीगण्डकी र रिडी खोलामा पानीको सतह बढेपछि आफुहरुलाई समस्या भएको स्थानिय खिम प्रसाद गौतमले बताउनु भयो।
यस बगरमा गौतम मात्र हैन टेक बहादुर थापा र बसन्त खाम्चाको पनि पानीले गर्दा घर जोखिम हुनुका साथै सामान सार्ने बाध्यता भएको बताउनु भयो।
यस्तै केही घण्टा अझै कालीगण्डकी नदिमा पानीको सहतबढ्ने हो भने लामो चौपारी आसपासमा पनि क्षति हुन सक्ने सो क्षेत्रमा अवलोकन गर्न पुग्नु भएका रुरुक्षेत्र गाउँपालिका वड नम्बर १ का वडा अध्यक्ष रामलाल बिकले जानकारी दिनु भयो । उहाँले पानीको सतह अझै बढ्न सक्ने भएकोले होटल व्यवसायी गर्ने हरुलाई बगरबाट टाढा रहन र जाल हानेर माछा मार्न समेत नजान आग्रह गर्नुका साथै आफ्नो वडा भित्र कुनै पनि सडक बस्ती तथा सामाजिक सम्पदामा क्षति भएमा आफुलाइ तत्काल नै खबर गर्न आग्रह गर्नु भएको छ।
अहिले पानीको सतह रुरुक्षेत्रको ऋिषीकेश मन्दिरको ५ वटा सिढी पार गरिसकेको छ।
Discussion about this post