असार-२
अविरल वर्षाका कारण स्याङ्जाका ८ घर डुबानमा परेका छन् । गल्याङ नगरपालिका वडा नम्बर ५ सेतिबेणी बजारमा कालीगण्डकी नदीको बाढी वस्तीमा प्रबेश गर्दा ८ वटा घर डुबानमा परेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो।
डुबानमा परि कुनै मानवीय तथा पशुचौपायको क्षति नभएको अधिकारीले जानकारी दिनु भयो। डुबानमा परि विस्थापित हुनेहरुमा गल्याङ नगरपालिका वडा नम्बर ५ सेतीबेणीका केश ब. क्षेत्री , केशवराज न्यौपाने , ठाकुर प्रसाद श्रेष्ठ , रेशम राज न्यौपाने , लक्ष्मी पति न्यौपाने , गुरु ब क्षेत्री , तेजराम काफ्ले , त्रिबिक्रम हेजु रहेका छन् । विस्थापित हुने सवैको घरमा पूर्णरुपमा क्षति पुगेको छ। उक्त स्थानमा प्रहरी , स्थानीय सर्वसाधारण , स्थानीय प्रतिनिधि र रेड क्रसको सहकार्य मा उद्वार कार्य भैरहेको प्रहरीले जनाएको छ।




















Discussion about this post