असार -३
गत असार १ गते देखि परेको अविरल वर्षाका कारण पाल्पामा एक जनाको मृत्यु, एक जना घाइते र केहि पशुचौपायको मृत्यु भएको छ। अविरल वर्षाका कारण केही घर र गोठमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यलय पाल्पाबाट प्राप्त विवरणका अनुसार पाल्पामा पहिरोमा परि ज्यान गुमाउनेमा रिब्दीकोट गाउँपालिका वडा नम्बर ४ मन्छिप बस्ने १९ वर्षीया मदन भट्टराई रहेका छन् । यस्तै घाइते हुनेमा रैनादेवीछहरा गाउँपालिका वासडाँडाका राम बहादुर पुन रहेका छन् । असार १ गते पुनको गोठ माथिबाट पहिरो खस्दा घाइते हुन पुगेका थिए। पहिरोको कारण गोठमा रहेका दुईवटा भैंसी मरेका थिए।
यस्तै गरि रिब्दीकोट गाउँपालिका वडा नम्बर ३ ओखरबोट बस्ने सुन्तली सुनारको घरमाथिबाट पहिरो खस्दा घर पूर्णरूपमा क्षति पुगेको थियोे भने उक्त घटनामा मानवीय क्षति भने हुन पाएन।
यस्तै जिल्ला प्रहरी कार्यलय पाल्पाले दिएको क्षति विवरण अनुसार असार १ गते नै तानसेन नगरपालिकाको ऋषिकेश मन्दिर परिसरमा रहेका खिम प्रसाद गौतम , टेक बहादुर थापा , बसन्त खाम्चार र आशिष जोशीको जस्ताले बनाएको पुजा सामग्री बिक्री गर्न प्रयोगमा ल्याइएको अस्थायी टहरामा क्षति पुग्नुका साथै गुल्मी ,पाल्पा र स्याङ्जा जोड्ने तीन मुखे पुलमा काम गर्ने मजदुर बस्ने अस्थायी टहरामा क्षति पुगेको छ।
। यस्तै गरी असार २ गते निस्दी गाउँपालिका वडा नम्बर १ पुर्मलाङ बस्ने प्रतिमान आलेको कच्ची गोठ भत्किदा १ भैंसी मरेको र १ भैंसी घाइते भएको छ।
मनसुनको प्रारम्भमा नै धनजनको क्षति पुगेको थप सतर्कता अपनाउन पर्ने द देखिएको छ।
Discussion about this post