गुल्मीमा कार दुर्घटना हुँदा ३ जना घाइते

18
SHARES
154
VIEWS

२०७८ असार -०४
चुरामणि तिमिल्सिना गुल्मीको गुल्मीदरबार गाउँपालिका गौडाकोट स्थित म्यालपोखरिको मोडमा कार दुर्घटना भएको छ । गुल्मी भुवाचिदी देखि तानसेन जादै गरेको ध.१ज ५०१ नम्बरको कार दुर्घटनामा परेको हो। कारमा सवार ३ जना घाइते भएका छन्।

घाइतेको गौडाकोट स्थित श्रेष्ठ मेडिकलमा उपचार हुँदै गरेको पत्रकार रामकृष्ण कंडेलले जानकारी दिनुभयो। दुर्घटनामा परि घाइते हुनेमा बाग्लुङका कार चालक संगम पुन र गाडीमा सवार हरि थापा र खुमा थापा रहेका थिए ।

उनिहरुको अवस्था सामान्य रहेको कंडेलले बताउनु भयो । चालकलाई थप उपचारका लागि पाल्पा पठाइएको छ । घटनाका सम्बन्धमा थप विवरण आउन बाकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार