वुफरको तार जोड्ने क्रममा करेन्ट लागेर पाल्पामा एक जनाको मृत्यु

24
SHARES
203
VIEWS

असार -५
पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। करेन्ट लागेर मृत्यु हुनेमा जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ३ हिरापोखरा बस्ने ३४ वर्षीया निरा बिक रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रबक्ता रामेश्वर त्वातीका अनुसार बिकले आफ्नै घरमा गित बजाउनका लागि बुफरको तार बिद्युत बोर्डमा जोड्ने क्रममा हातले अचानक तारमा छुन पुग्दा करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएकी बिकलाई उपचारका लागि पाल्पा ल्याइएको र उपचारको क्रममा ११ बजे युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको त्वातीले जानकारी दिनु भयो।

घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार