रुरुक्षेत्रमा मानवता जगाउँदै रन्जित र प्रवेशहरु

18
SHARES
146
VIEWS

कृष्ण अन्जान
रुरु
असार-६। काेभिड सँक्रमणका भयावहता भित्र धेरै क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष असर गरेकाे छ।
शहर हाेस या गाउँ जताततै शुन्यता र सन्नाटा छ । मान्छे एक अर्काका नजिक जान डराउँछन । आफन्त हुन या पराई कसैकाे घरमा काेहि जाँदैन ।
लाखौं कामदारकाे राजगारी खाेसिएकाे छ । गाउँ र शहरका कति परिवार करिब भाेकै छन उनकाे चुल्हाे बल्याे कि बलेन कस्ले बुझ्ने ?

काेभिड सँक्रमणकाे भयावहता भित्र रुरुक्षेत्रका केही केही मन हरु भने विपन्न परिवारका चुल्हाे बाल्न एकमुठि चामल र एक दिउरी तिहुनकाे जाेहाे गरिदिन रातदिन एकाेहाेराे खटेपनि पनि चर्चामा भने छैनन ।

रुरुक्षेत्र गाउँ पालिका वडा न ४ बलेटक्सारका रन्जित ज्ञवालीलाई के पानी के घाम विपन्न परिवारका घरघरमा राहत बाेकेर हिँड्दा पटक्कै थकाई लागेकाे छैन ।

रन्जित उमेरले अनुभवले साना मान्छे हुन ।स्थानिय ज्ञवा बलेटक्सार माध्यमिक विध्यालयमा कक्षा १० मा अध्ययन गर्ने रन्जित ज्ञवालीमा सायद पारिवारिक सँस्कारले हाेला समाज सेवा र मानवियता काे भावना भरिएकाे छ ।

उनी सहित उनका समकक्षि साथिहरुकाे पहलमा रुरुक्षेत्रमा यसै वर्ष खाेलिएकाे सरस्वती माता फाउण्डेसनले समाजसेवा र मानवियतामा अव्वलता कायम गर्न सफल भएकाे छ ।
निस्वार्थ भावना भित्र मानविय समवेदनाले अाेतप्राेत सरस्वति माता फाउण्डेशनका साना बाबू नानी हरुकाे याे प्रयासमा कसैकाे अाँखा पुगेकाे छैन ।
बाेराभरि चामल अक्सिजनका साना सिसी दाल चामल तेल लगाएतका सामाग्री बाेकेर काेभिडले चुल्हाे नबालेका घरहरुमा ती साना बाबू नानी हरु कसरी पुगेका छन उनिहरुले राहतकाे जाेहाे कसरी गरिरहेका छन कसैले उनिहरुलाई साेधेकाे छैन ।

एउटा अक्सिजन सिलिन्डर दिँदा सराद्दमा गाेदानमा एकजनाकाे हात अरुले छाेएझैँ छाेएर सस्ताे लाेकप्रियताका लागि फाेटाे खिचाउने सामाजिक अभियन्ता धेरै छन तर गाउँघरमा राेजगारी खाेसिएर भाेकभाेकै बस्न विवसलाई एकमुटी सास धानिदिन घरघरमा पुग्ने रन्जित प्रवेश मनिश अनिश दिपेन्द्र पिताम्वर अनिल हरुलाई हौसला र सहयाेगका हात कसैका बढ्दैनन ।

रुरुक्षेत्र ३ का कुल बहादुर बिक र चन्द्रि विक ,रुरु ४ का राम बहादुर क्षत्रि ,बम्घा ५ का चिरन्जिवि ज्ञवाली बलेटक्सार ४ का यम बहादुर विक रुरु १ का बिक्रम विक र उनिहरुका परिवारकाे अाशिक यतिवेला रन्जित ज्ञवालीकाे सरस्वति माता फाउण्डेशनकाे टिमले पाई रहेकाे छ ।

याे दुखमा साह्रै ठुलाे गुन लगाउनु भयाे ती बाबू हरुले सधै राम्राे हाेस भगवान ले सधै राम्राे गरून रुरुक्षेत्र ३ कि चन्द्रि विकले अाशिक दिईन ।
चन्द्रि विक त प्रतिनिधि पात्र मात्र हुन रुरुक्षेत्रका दर्जनौँ परिवारका सदस्य हरुले यतिवेला यी साना बालक हरुलाई मनभित्रै बाट अाशिक दिएका छन ।

हुने विरुवाकाे चिल्लाे पात भन्छन रन्जित प्रवेश अनिश मनिष अनिल दिपेन्द्र पिताम्वर र अनिलाई नपुग्दाे केही छैन तर अरुका लागि पनि केही गर्नु पर्छ भन्ने भावना अाेतप्राेत छ ।
यतिवेला समाजसेवामा खडेरी परेकाे छ तर यहि खडेरी भित्र भाेलीका लागि मिठाे सँभावना बाेकेर यी बालकहरु खटेका छन ।

नयाँपिँढि भएपनि उनिहरु भित्र समाज सेवा र मानवियताकाे भावना मात्र छैन यहि रफ्तारमा उनिहरु अगाडी बढे हात मिलाउने र बात मिलाउने राजनैतिक सँस्कार बाेक्ने हरुका अगाडी वास्तविकताकाे धरातलमा उभिएका रन्जित र प्रवेश हरुले रुरुक्षेत्रमा नेतृत्व गर्न सक्षम बन्ने कुरामा विश्वास मात्र हाेइन विश्वस्त हुन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार