कालीगण्डकी नदी किनारमा सडेगलेको अवस्थामा शव फेला

111
SHARES
929
VIEWS

असार -७
स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ बास्टारी भविन बगर किनारमा सडेगलेको अवस्थामा शव फेला परेको छ। मृत शरीर सडीगलेको अवस्था रहेकोले पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो।

प्रारम्भिक चरणको अनुसन्धानका क्रममा उक्त शव पुरुषको रहेको , लाशमा कुनै हुलिया नभएको र कपडा समेत नभएकोले पहिचान र पोष्टमार्टम गर्न सकिने अवस्था नभएकोले उक्त शवलाई कालीगण्डकी नदी किनारमा खाडल खनेर शव व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता अधिकारीले जानकारी दिनु भयो।

लाश सडिगली दुर्गन्धित अवस्थामा रहेकोले स्थानीय बुद्धिजीवी र जनप्रतिनिधिको रोहवरमा शबको व्यवस्थापन गरिएको र घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको समेत अधिकारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार