पाल्पाको रिब्दीकोट गाउँपालिकामा स्वास्थ्य संस्थाहरुको मासिक समीक्षा कार्यक्रम सम्पन्न

26
SHARES
220
VIEWS

चुरामणि तिमिल्सिना
असार -७। पाल्पाको रिब्दीकोट गाउँपालिकामा ११ ओटा स्वास्थ्य संस्थाहरुको मासिक समिक्षा बैठक पालिकामा सम्पन्न भएको छ ।

कार्यक्रम स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीकाे अध्यक्षतामा भएको थियो। गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जि. सि. कार्यक्रममा प्रमुख अतिथि रहनु भएको थियो। यस्तै विशिष्ट अतिथिमा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनाल, पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम चन्द्र अर्याल रहनु भएको थियोे ।

स्वास्थ्य कार्यालय पाल्पाका खाेप अधिकृत ओम पन्थी , परिवार नियाेजन संघ पाल्पाका सुपरभाइजर निरिक्षक प्रभास पन्थी अतिथि रहनु भएको थियो ।

कार्यक्रमको सत्रमा कार्यक्रमका अध्यक्ष तथा स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो।

कार्यक्रममा स्वास्थ्य संस्था प्रमुखहरुले स्वास्थ्य चौकिमा भए गरेका प्रगति विवरण प्रस्तुत गर्दै समस्याहरु समेत प्रस्तुत गरेका थिए।
।कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष जि.सिले पालिकामा अग्र पंक्तिमा खटिएर काम गरिरहेका स्वास्थ्यकर्मि , सुरक्षा निकाय, पत्रकार, कर्मचारी वर्गहरुलाई धन्यवाद दिदै स्वास्थ्य क्षेत्रमा सुधार गर्न विनोयोजित बजेट सम्पुर्ण यसैमा मात्र खर्च गरिने र अभाव भएमा प्रदेश सरकार र केन्द्रिय सकार सित माग पनि गर्ने बताउनु भयो।

यस्तै विशिष्ट अतिथि खनाल र अर्यालले स्वास्थ्य क्षेत्रमा कुनै प्रकारको कमी-कमजोरी नगराउन नियामित रुपमा अवलोकन गरिरहेको कोरना पोजिटिभ भएकालाई स्वास्थ्य संस्थासम्म पुर्याउन ३ वटा एम्बुलेन्स सञ्चालन गरिएको, घर-घरमा स्वास्थ्य संस्था स्वास्थ्यकर्मिलाई परिचालन गरि औषधि वितरण र स्वास्थ्य परामर्श पनि गर्दै आएको बताउनुभयो।

कार्यक्रममा स्वास्थ्यकर्मीहरुले राखेका जिज्ञासा कार्यक्रमका अध्यक्ष सुनिल अधिकारीले मेटाउनु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार