कालीगण्डकी गाउँपालिकाद्वारा निशुल्क रुपमा स्वास्थ्य बिमा कार्यक्रम

95
SHARES
794
VIEWS

असार ९
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक पालिकाबासीको स्वास्थ्य बिमा निशुल्करुपमा गर्ने भएको छ। कालीगण्डकी गाउँपालिकाको नवौ गाउँसभा मार्फत आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले पालिकाबासीको निशुल्क रुपमा स्वास्थ्य बिमा गरिने जानकारी दिनु भयो। स्वास्थ्य सवै नागरिकको नैसर्गिक अधिकार भएकोले पलिकाले यो कार्यक्रम ल्याएको अध्यक्ष थापा मगरले बताउनु भयो।

कार्यक्रम कार्यनयन गर्नेक्रममा बिपन्न परिवार,अपांग , असहाय र कोरोना संक्रमणका कारण मृत्यु भएका परिवारलाई प्राथमिकता राखिने अध्यक्ष थापाले जानकारी दिनु भयो।

भर्चुअल कार्यक्रम मार्फत जेठ २३ गते उक्त कार्यक्रमको घोषणा गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार