खानेपानीको वयवस्था र खरको छाना विस्थापित गर्ने कालीगण्डकी गाउँपालिकाको नीति सफल हुँदै

51
SHARES
422
VIEWS

असार -९
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा एक घर – एक धारा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।

आव २०७४/७५ र २०७६/२०७७ मा पालिकामा “एक घर- एक धारा” नीति कार्यक्रम अन्तर्गत २ हजार १२६ धारा जडान गरि सकिएको कालीगण्डकी गाउँपालिकाले जनाएको छ।

चालु आर्थिक वर्षको असार मसान्तसम्म ८ वटा योजनाबाट १ हजार १८० घर धुरीहरुमा एक घर-एक धारा थपिने भएको छ। यो संगै असार मसान्त सम्ममा २१२६+११८० गरी ३३०६ घरमा एक-घर एक धारा जडान हुने भएको हो।

पालिका भित्रका बाकी घरधुरीहरुमा ७८/७९ भित्रमा १७ वटा योजनाहरुबाट १७११ घरमा सम्पन्न गरी प्रत्येक घरहरुमा खानेपानीको धारा पुर्याईने गाउपालिकाले जनाएको छ।

यो कार्य आर्थिक वर्ष ७८/७९ मा सम्पन्न हुने भएकोले यो कार्यक्रमको ६०% कार्य भैसकेको छ।

कालीगण्डकी गाउँपालिकाको नवौ गाउँसभा मार्फत आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले यस्तो कार्यक्रम गरिने जानकारी दिनु भयो।

खानेपानी पनि एउटा मुख्य धार मानिएकोले यस्तो कार्यक्रम प्रस्तुत गरिएको अध्यक्ष थापाले बताउनुभयो।

संगै कालीगण्डकीका प्रत्येक घरका छानोलाइ विस्थापित गरीने कुरा प्राथमिकता राखिने अध्यक्ष थापाले जानकारी दिनु भयो।

कार्यक्रम मार्फत जेठ २३ गते कालीगण्डकी गाउँपालिकाको कार्यलय,बिर्घामा उक्त कार्यक्रमको घोषणा गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार