पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु -एक जना घाइते

27
SHARES
225
VIEWS

असार १०
पाल्पा- पाल्पामा आज दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । आज दिउँसो तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्सा स्थित सिद्वार्थ राजमार्गमा पाल्पाबाट बुटवलतर्फ जादै गरेको लु ७ प ५९१९ नम्बरको मोटरसाइकल आफै अनियंत्रित हुँदा उक्त दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रबक्ता लक्ष्मण पचभैयाले जानकारी दिनु भयो।

दुर्घटनामा परि घाइते भएका बासगढी नगरपालिका वडा नम्बर ६ बर्दियाका जग्गु डाँगीको उपचारका क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको सूचना अधिकारी एवम् प्रबक्ता पचभैयाले जानकारी दिनु भयो।

सोही दुर्घटनामा परि ३० वर्षीय दिपेन्द्र अधिकारी घाइते भएका छन् । घाइते चौधरीको अवस्था भने सामान्य रहेको छ। सवारी दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको पाल्पा प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार