असार -११
चुरामणि तिमिल्सिना
सत्यवती गाउँपालिका गुल्मीको ९ औं गाउँसभा तथा बजेट अधिवेशन सम्पन्न भएको छ । पालिकाका अध्यक्ष पारिश्वर ढकालले आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो।
गाउँपालिकाका उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम समितिका अध्यक्ष शुवर्ण शाही शेरचन ज्यूले आर्थिक बर्ष . २०७८/७९ को बजेट प्रस्तुत भयो भने सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले कार्यक्रमलाई सहजीकरण गर्नभएको थियो ।
सभामा वडाध्यक्ष, कार्यपालिकाका सदस्य, वडासदस्य, शाखा प्रमुख, पत्रकार र कर्मचारीहरुको सहभागिता रहेको थियो।
सभाले आर्थिक. बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक-२०७८, विनियोजन विधेयक-२०७८ रआर्थिक बर्ष २०७८/७९ को लागि कूल बजेट
४८९२४००००/- सर्वसम्मत साथ पास गरेको छ । साथै सभामा उठेका अन्य विषयहरुमा छलफल समेत भई अन्य आवश्यक निर्णयहरु समेत गरिएको थियो।
सडक निर्माण, शिक्षामा परिबर्तन स्वास्थ , खानेपानी, पर्यटन रोगजारी सचेतना अभियान , अधुरा भवन निर्माण , असाय बर्गलाइ प्राथमिकता कृषिलाइ विभिन्न कुराहरुमा आत्मनिर्भर लगायतलाई मुख्य केन्द्र बिन्दु बनाइयको पालिकाका अध्यक्ष पारिस्वर ढकालले बताउनु भयो। उहाँले यस निति अनुसारनै काम गर्न आफुहरुमा कुनै दुबिधा नभएको जानकारी दिनुभयो।
महिला हिंसालाई अन्त्य गर्न विभिन्न तरिकाले महिला हरुलाई सचेतना जगाउने कार्यक्रमहरु विभिन्न समयमा जन्प्रतिनिधिबाट अनुगमन गर्ने कार्यक्रम पनि समाबेश गरिएको उपाध्यक्ष सुबर्ण शाही शेरचनले जानकारी दिनुभयो। यता प्रमुख प्रमुख प्रशासकीय झविस्वर रेग्मीले पालिकाकाले नीति र कार्यक्रम अनुसार काम गर्दा गाउँमा छोटो समयमा नै बिकास हुने,कृषकहरुलाई आत्मनिर्भर बनाउन सकिने, शिक्षक र कर्मचारीलाई सम्मान गर्दा हौसला बढ्ने, स्वास्थ क्षेत्रमा निति बनाउदा हरेक रोगबाट मुक्ति गराउन सजिलै सकिने , भएकोले सहजताका साथ नीति संगै बजेट परिचालन गरिने बताउनु भएको छ।
Discussion about this post