असार-११
स्याङ्जाका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण मृत्यु हुनेमा बिरुवा गाउँपालिका वडा नम्बर २ कि २२ वर्षीया महिला रहेकी छिन्।
मृतकमा जेठ २६ गते कोरोना संक्रमणको पुष्टि भएकोमा उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरामा आज मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। यो संगै स्याङ्जामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११३ जना पुगेको छ।
यस्तै गरि स्याङ्जामा थप ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। १ जना महिला र ३ जना पुरुष गरि ४ जनामा संक्रमण पुष्टि भएको छ।
Discussion about this post