चुरामणि तिमिल्सिना
असार-१२। गुल्मीको भट्कुवामा किसान वर्गहरलाई बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको कार्यक्रम अनुसार वडा नम्बर १ भट्कुवामा पकेट क्षेत्र घोषणा गरी अनुसार कार्यक्रम गरिएको कार्यक्रमको प्रमुख अतिथि पालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी पन्थले जानकारी दिनुभयो।
गाउँपालिकाको १५ लाखको बजेटबाट यस गाउँमा बाख्रा पालन गर्दै आएका केहि आम्दानी बढाउन खोजिरहनु भएका किसान वर्गहरुलाई आयआर्जनमा टेवा पुगोस र आम्दानी केहि भएपनि होस भन्ने उद्देश्यले ३०० बाख्रा वितरण गरिनुका साथै किसानलाई घासको विउ पनि वितरण गरिएको प्रमुख अतिथि उपाध्यक्ष पन्थले बताउनु भयो।
वितरण कार्यक्रममा पकेट क्षेत्र उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र थापाकोअध्यक्षता रहेको थियो ।
कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष रामलाल बिक,विशिष्ट अतिथि रहनु भएको थियो।
यस्तै अतिथिहरुमा वडा सदस्य पर्शुराम ज्ञवाली कृषि शाखा प्रमुख प्रभात गौतम,प्राविधिक रोमाकान्त ज्ञवाली , वडा सचीव राम प्रसाद ज्ञवाली पशुसेवा कार्यलय प्रमुख हिमलाल पाण्डे पालिकाका कर्मचारी,कुलान्द सापकोटा ,पशुका कर्मचारी,रमेश ज्ञवाली रहनु भएको थियो।
बाख्रा वितरण गर्दै विशिष्ट अतिथि अध्यक्ष बिकले यस्ता कार्यक्रमले अति न्यून आयस्रोत भएका परिवारहरुलाई अति प्रभावकारी भएको भन्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु पालिका मार्फत सञ्चालन हुने बताउनु भयो ।
कार्यक्रमको सञ्चालन भने बिष्णु न्यौपानेले गर्नु भएको थियो ।
Discussion about this post