बम्घामा स्मार्टगाउँ कार्यक्रमद्वारा कृषकलाई हाते ट्र्याक्टर र अन्य कृषि सामग्री प्रदान

28
SHARES
234
VIEWS

चुरामणि तिमिल्सिना
असार-१२

गुल्मी – स्मार्टगाउँ कार्यक्रम अन्तर्गत गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ मा बम्घा टाहाटिम आलु तरकारी पकेट समुहले कृषि सामाग्री वितरण गरेको छ। वितरण समारोहमा पालिकाका अध्यक्ष निलकण्ठ गौतम प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष गौतमले यो भेग भौगोलिक हिसावले अत्यन्तै महत्त्वपूर्ण भएकोले हरेक किसिमका तरकारी बाली लगाउन सकेमा किसानलाई फाइदा हुने बताउनु भयो।

यस्तै वडा नम्बर ५ का वडा अध्यक्ष हरि प्रसाद ज्ञवाली , जनबोध माध्यमिक विद्यालयका प्रधानाध्यापक राम प्रसाद श्रेष्ठ विशिष्ट अतिथि रहनु भएको थियो ।
औपचारिक कार्यक्रमका साथ यस समुहले पहिलो चरणको बजेटबाट १० जनालाई मिनिटेलर(हाते ट्रयाकटर) १० थान स्थायी टनेल र १० थान डिजिटल तराजु वितरण गरेको सचिब मेघराज गिरिले जानकारी दिनु भयो। यस्तै विशिष्ट अतिथि अध्यक्ष ज्ञवालीले यस कार्यक्रमले न्यून आय भएका परिवारलाई प्रत्यक्ष फाइदा पुग्ने र बजेटलाई समयमा निश्चित ठाउमा लगाउन सकेमा कार्यक्रम फाइदाजनक भएको बताउनु भयो।

कार्यक्रम समुहका अध्यक्ष चेतनाथ श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको थियो । कार्यक्रमको सञ्चालन सचिब मेघराज गिरिले गर्नु भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार